२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमधुमेह किन लाग्छ ? यसबाट बच्न के गर्ने ?

मधुमेह किन लाग्छ ? यसबाट बच्न के गर्ने ?


आम मानिसले मधुमेहलाई शरीरमा सामान्य चिनीको मात्रा बढेको मात्र सोच्छन् । तर, त्यतिमात्र होइन, मधुमेहले शरीरको कुनैपनि अंगलाई खराब पारेर ज्यानसम्म लिन सक्छ ।

हामीले खाएका सम्पूर्ण खाना अन्तिममा ग्लूकोज बनेर रगतसम्म पुग्छ । ग्लूकोज शरीरभित्र जान्छ र शरीरमा चिनीको मात्रा बढी भई इन्सुलिनले शरीरको ग्लूकोज प्रत्येक अंगको कोषभित्र छिराउन मद्धत गर्दछ । जसरी घरको ढोकाभित्र छिर्न चाबीको आवश्यकता भए झै इन्सुलिन शरीरको प्यानक्रियाजद्धारा बनाइने घर हो । मानव शरीर ग्लूकोज नभई बाँच्न सक्दैनन् । ग्लुकोज नहुँदा शरीरमा उर्जा हँुदैन ।

मधुमेह लाग्नुका कारण

प्यानक्रियाजले इन्सुलिन उत्पादन गर्न नसक्नु

प्यानक्रियाजले इन्सुलिन उत्पादन गर्न नसक्दा शरीरको अंगको प्रत्येक कोषभित्र ग्लूकोज छिर्न सक्दैन । त्यसपछि खाना खाएपनि भोकै हुन्छ र ग्लूकोज रगतमा जम्मा भएर बसिदिन्छ । यस्तो अवस्थालाई ‘टाइप १ डायबिटिज’ भनिन्छ । टाइप १ डायबिटिजमा प्यानक्रियाजमा समस्या भई अब कहिल्यै पनि इन्सुलिनको उत्पादन हुँदैन र जिन्दगीभर इन्सुलिन इन्जेक्सन लगाइरहनुपर्छ । टाइप १ लाई जुभेनाएल अलओसेन्ट वा इन्सुलिन निर्भर मधुमेह पनि भन्ने गरिन्थ्यो ।

उत्पादन भएको इन्सुलिनलाई शरीरको कोषले नचिन्नु वा प्रतिकार गरिदिनु

खानाबाट बनेको ग्लूकोजलाई कोषभित्र लैजान इन्सुलिन पर्याप्त नहुनु पनि डाइबिटिज हो । यस्तो अवस्थालाई टाइप २ डायबिटिज भनिन्छ । यस प्रकारको मधुमेह बिग्रिएर पनि टाइप२ मा परिणत हुन सक्छ ।

अन्य कारणहरु

१. गर्भावस्थामा आमा र गर्भको बच्चाका आवश्यकताहरु पूरा गर्ने हिसाबले पर्याप्त इन्सुलिन बनाउन नसक्नु ।
२. प्यानक्रियाजमा हुने इन्फेक्सन
३. औषधिको प्रयोग
४. प्यानक्रियाजमा हुने अन्य रोग ।

मधुमेहको जोखिम रहने व्यक्ति
१. परिवारका सदस्यमा मधुमेह भएमा
२. तौल बढी भएका व्यक्ति
३. चालीस वर्षभन्दा बढी उमेर समूह
४. निस्क्रिय समूह
५. गर्भावस्थाको दौरान मधुमेह थियो वा जन्मेको शिशु १ पाउण्ड अथवा ४ किलोग्राम भन्दा बढी तौलको भएमा ।

मधुमेहका लक्षणहरु

१. धेरै तिर्खा लाग्नु
२. बारम्बार पिसाब लाग्नु
३. धेरै भोक लाग्ने
४. थकान महशुस हुने
५. आँखा धमिलो देखिनु
६. टाइप १ मधुमेहमा तौल घट्नु र टाइप२ मधुमेहमा तौल बढ्नु
७. धेरै किटाणुको संक्रमण हुनु
८. घाउहरु लामो समयसम्म निको नहुनु
९. छाला चिलाउनु
१०. हातखुट्टा झमझमाउनु
११. यौन क्रियाकलापमा समस्या देखिनु ।

कतिपय मानिसहरुको रगतमा ग्लूकोजस्तर उच्च भएता पनि कुनै लक्षणहरु देखिँदैन । रगतको जाँच गरेर मधुमेह छ वा छैन भन्ने थाहा पाउन सकिन्छ । जसले शरीरका अन्य अंगहरु खराब हुनबाट बचाउन सकिन्छ । जटिल समस्या जस्तै रिंगटा लाग्ने, बेहोस हुने, हातखुट्टा नचल्ने(प्यारालाइसिस), किटाणुबाट संक्रमण हुने, मुटुको समस्या हुने, मिर्गाेला बिग्रने, आँखा बिग्रने समस्या हुन्छ ।

मधुमेह भए वा नभएको कसरी थाहा पाउने ?

१. सुगर जाँच गर्दा (फास्टिङ) कम्तिमा पनि ८ घन्टा खाली पेटमा चेक गर्ने, रगतको सुगर १२६ भन्दा धेरै भएमा
२. कुनै पनि समयमा (¥यान्डम) वा खाना खाएको २ घन्टामा २ सयभन्दा धेरै भएको र माथिका लक्षणहरु देखा परेमा
३. एचबिए १ सी ६.५ भन्दा बढी भएमा मधुमेह भएको मानिन्छ । एचबिए १ सी ले ३ महिनामा रगतमा कति सुगर थियो भनेर पत्ता लगाउँछ ।
तर, मधुमेह भन्दैमा सुगरको जाँचमात्र नभई अन्य जाँचहरु पनि गर्नुपर्ने हुन्छ । किनकी यसले विभिन्न अंगमा असर गर्छ । त्यसैले शरीरका अन्य अंगको जाँच पनि गर्नुपर्ने हुन्छ । जस्तैः मुटुको इसिजि, मिर्गाैलाको जाँच–सिरम क्रिटिनाइन, कोलेस्टोरको जाँच(फास्टिङ लिपिड प्रोफाइल), पिसाबको जाँच, कुन अंगमा असर गरेको छ त्यहि अनुसार थप जाँच हुनसक्छ ।

मधुमेह रोकथाम र उपचारका उपायहरु

–खानामा नियन्त्रण गर्ने
–तौल तथा पेटको साइज घटाउने
–व्यायामको सन्तुलन मिलाउने
–चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्ने
–रक्तचापको मात्रा कम गर्ने
–धुम्रपान÷मद्यपान गर्ने बानी हटाउने
–समय–समयमा आँखा, मिर्गाैला, मुटु, पैतालाको परीक्षण गरिरहने


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ