निन्द्रा प्रत्येक प्राणीको स्वास्थ्यको निमित्त एक अत्यन्त महत्वपुर्ण पक्ष हो । शरीरमा खाएका खाना राम्ररी पचाउनदेखि मानसिक रुपमा फ्रेस राख्न समेत मद्दत गर्ने र यससँगै शारीरिक एवम् मानसिक स्वास्थ्यको दृष्टिकोणले पनि उत्तिकै महत्वपुर्ण मानिने निन्द्राको महत्व मानवीय जीवनमा अझ बढि रहेको छ । यसको अभावमा व्यक्तिमा विभिन्न समस्याहरु देखिन्छन् ।
तसर्थ, सकेसम्म हामीले आफ्नो निन्द्रालाई खेर फाल्न हुँदैन । हामीमध्ये अधिकांशको बानी के छ भने, साथीभाई होस् वा आफन्तसँगको भेटघाट या गफगाफको क्रममा हामी आफ्नो खाने तथा सुत्ने तालिकालाई खासै वास्तै गर्दैनौं । र, सोहि अवस्था कोरोनाका कारण लामो समय भेटघाट हुन नपाएका साथीभाई वा नजिकका आफन्तबीच दशैंको माहोलभर दोहोरिने क्रममा रहेको छ ।
यद्यपि रमाइलोको नाममा व्यक्तिले निन्द्रालाई खेर फाल्नु व्यक्ति स्वयम् का लागि घातक रहेको छ । यस्तो बानीले व्यक्ति कुनै न कुनै रुपमा शारीरिक वा मानसिक तवरबाट प्रभावित भइरहेका हुन्छन् । जसबाट हामी मध्ये अधिकांश व्यक्तिहरु अज्ञात रहेका छौ । त्यसोभए निन्द्रा खेर फाल्दा अथवा उचित निन्द्राका अभावमा व्यक्तिमा देखिने समस्याहरु के–के हुन् त? अनिदो अथवा निन्द्राका अभावमा शरीरमा देखिने शारीरिक एवम् मानसिक समस्याहरु निम्न रहेका छन्ः
मानसिक समस्याहरु
- स्मरण शक्तिमा हृास आउनु,
- मुड स्विंग हुनु,
- ध्यान केन्द्रित गर्न नसक्नु,
- एन्जाइटी बढ्नु,
- डिप्रेशनको उच्च सम्भावना ,
- र, आत्महत्याका सोचहरु आउनु ।
शारीरिक समस्याहरु:
- पाचन प्रणालीमा समस्या देखिनु,
- छालामा मसिना बिबिराहरु आउनु,
- आँखा पोल्नु,
- मोटोपन बढ्नु,
- मुटु सम्बन्धिको समस्या,
- उच्च रक्तचाप,
- प्रतिरोध प्रणालीको समस्या,
- र, मधुमेहको जोखिम बढ्नु ।
समाधानका उपायहरु
माथि उल्लेखित समस्याको जोखिम कम गर्ने भरप र्दो उपाय भनेकै पर्याप्त मात्रामा सुत्नु हो । यद्यपि यसको हकमा पनि व्यक्ति कति समय सुत्यो भन्दा पनि कस्तो निन्द्रा सुत्योरु भन्ने कुरा महत्वपूर्ण रहन्छ । चिकित्सा क्षेत्र अन्र्तगत ‘साउन्ड स्लिप’(उचित निन्द्रा) लाई महत्वपूर्ण पक्षको रुपमा लिइन्छ । अर्थात्, कुनैपनि व्यक्तिको सुताईको अवधि कति समय रहेको छ? भन्दा पनि चिकित्सा क्षेत्रअन्र्तगत सो व्यक्तिले कति अवधि उचित निन्द्रा सुत्यो भन्ने कुरा महत्वपूर्ण रहन्छ । तसर्थ माथि उल्लेखित समस्या नदेखियोस् भन्नका लागि पनि हामीले पर्याप्त मात्रामा उचित निन्द्रा उपभोग गर्नु अत्यावश्यक रहेको छ । यसबाहेक माथिका जोखिम कम गराउन र उचित निन्द्रा प्राप्त गर्न विशेष ध्यान दिनुपर्ने पक्षहरु निम्न रहेका छन्ः
- सुत्ने र उठ्ने आफ्नो नियमित तालिकालाई अनुशरण गर्ने,
- राति सुत्ने समयमा मसालेदार खाना खाएमा निन्द्रा नलाग्ने भएकाले सुत्नुभन्दा २÷३ घन्टा अगाडि नै रात्रीभोजन गर्ने,
- नियमित शारीरिक व्यायाम गर्ने,
- योगा वा ध्यान गर्ने,
- अल्कोहोल सेवनबाट टाढै रहने,
- सकभर निन्द्रा खेर नफाल्ने र बाध्यतावश् यस्तो स्थिति आइपरे यो क्रमलाई लामो समय नदोहो¥याउने,
-एजेन्सी ।