२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहोम आइसोलेसनमा बसेका कैलालीका २ जना कोरोना संक्रमितको मृत्यु

होम आइसोलेसनमा बसेका कैलालीका २ जना कोरोना संक्रमितको मृत्यु


धनगढी– कैलालीमा होम आइसोलसनमा बसेका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । टिकापुर नगरपालिकाका ४९ वर्षीय पुरूष र बर्दगोरिया गाउँपालिकाकी ५९ वर्षीया कोरोना संक्रमित महिलाको गए राति मृत्यु भएको हो ।

उनीहरू दुवैको स्वास्थ्यमा समस्या आएपछि होम आइसोलेसनमै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । जोशीका अनुसार टीकापुरका पुरूषमा १५ गते कोरोना पुष्टि भएको थियो । यस्तै, बर्दगोरियाकी महिलामा १८ गते संक्रमण देखिएको थियो ।

संक्रमण पुष्टि भएपछि दुवै जना होम आइसोलसनमा बस्दै आएका थिए । उनीहरूको शव स्थानीय तह र आफन्तको समन्वयमा नेपाली सेनाले व्यवस्थापन गर्ने जोशीले बताए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ