धनगढी – कञ्चनपुरको माहाकाली नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएको छ । आयुर्वेदिक औषधी उपचारका लागि जिल्लाका स्थानीय तहमध्ये पहिलो पटक माहाकाली नगरपालिका आरोग्य सेवा केन्द्र स्थापना गरिएको हो ।
महाकाली आयुर्वेद औषधालय महेन्द्रनगरका प्रमुख डा. ओमप्रकाश कलौनीले जिल्लाका स्थानीय तहमध्येमा पहिलोपटक महाकालीमा सेवा केन्द्र स्थापना गरिएको बताए ।
उनका अनुसार संघिय सरकारको नीतिअनुसार यस कार्यक्रमलाई जिल्लाका अन्य स्थानीय तहमा समेत विस्तार गरिनेछ । ‘अहिले माहाकाली नगरपालिकामा आयुर्वेद सेवा केन्द्र स्थापनाका लागि विभागले परिपत्र गरेको छ ।’, उनले भने ‘यो राष्ट्रिय कार्यक्रम भएकोले जिल्लाका सबै स्थानीय तहमा आयुर्वेद औषधालयको सेवा दिने योजना छ ।, त्यसका लागि केहि समय लाग्न सक्छ ।’
आरोग्य सेवा केन्द्र सञ्चालनका लागि औषधालयले औषधीसहित एकजना वैद्य र दुई जना अभयङ्गकर्ताको व्यवस्था गरेको कार्यालय प्रमुख डा कलौनीले बताए । साथै केन्द्रका लागि आवश्यक भौतिक पुर्वाधारको व्यवस्थापन नगरपालिकाले गर्नेछ ।
आरोग्य केन्द्रबाट आयुर्वेद विभागले सिफारिस गरेका २२ प्रकारका औषधी, उपचारका परामर्श, योग र पञ्चकर्म सेवा अन्र्तगत पुर्व कर्म सेवा उपलब्ध गराइने छ ।
महाकालि नदी पारीको स्थानिय तह भनेर चिनिने कंचनपुरको महाकाली नगरपालिकामा आरोग्य सेवा केन्द्र सञ्चालन भएपछि आयुर्वेदिक उपचार तथा औषधीका लागि सदरमुकाम आउनु पर्ने बाध्यता हटेको छ ।