२०८१ पुस ७, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारस्वास्थ्यमन्त्री भानुभक्त ढकाल विरुद्ध सर्वोच्चमा अवहेलना मुद्धा

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल विरुद्ध सर्वोच्चमा अवहेलना मुद्धा


काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्धा दायर भएको छ । आइतबार अधिवक्ताद्धय लोकेन्द्रबहादुर ओली र केशरजंग केसीले स्वास्थ्यमन्त्री ढकालले सर्वोच्चले जारी गरेको परमादेशलाई उल्लंघन गरेको भन्दै अवहेलनाको निवेदन दर्ता गरेका हुन् ।

कोरोना संक्रमितको उपचार निशुल्क गर्न सर्वोच्च अदालतले दिएको आदेश कार्यान्वयन नगरेर अदालतको अवहेलना गरेको भन्दै ढकाल विरुद्ध अवहेलनाको निवेदन सर्वोच्चमा पेश भएको हो ।

आइतबार दर्ता भएको निवेदनमा स्वास्थ्यमन्त्री ढकाललाई विपक्षी बनाइएको छ । अदालतको फैसला वा आदेश पालना नगरेको भन्दै विपक्षीलाई एक वर्ष कैद र १० हजार जरिवाना दुवै सजाय गर्न माग गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ