२०८१ पुस ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सिरहाका संक्रमितको जनकपुरमा मृत्यु

सिरहाका संक्रमितको जनकपुरमा मृत्यु


जनकपुर – सिराहामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सिरहाकाे सुखीपुर नगरपालिका वडा नम्बर ८ निवासी ७० वर्षीय पुरूषको कोरोना संक्रमण पुष्टि भएसँगै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको हो ।

कार्यालयका प्रमुख कृष्णदेव यादवका अनुसार ती पुरुषको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका क्रममा गएको बिहीबार मृत्यु भएको हो । एक्कासी ज्वरो र रुघाखोकी लागेर श्वास लिन कठिनाई भएपछि पुरूषलाई गत कात्तिक ३ गते उपचारका लागि प्रादेशिक अस्पताल ल्याइएको थियो ।

उनको सोही दिन स्वाब लिएर संकलन गर्दा ४ गते रिपोर्ट पोजेटिभ आएको थियो । पोजेटिभ आएका पुरूषलाई आइसोलेसनमा राखेर उपचार गरिरहँदा बिहीबार मृत्यु भएको यादवले बताए । उनका अनुसार पुरूष दमका रोगी समेत थिए । योसँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १७ पुगेको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ