काठमाडौ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित विरामीले आफुसंग पैसा नभएको घोषणा गरेमा त्यस्ता विरामीको उपचार अस्पतालले निशुल्क गिर्नुपर्ने र सो उपचार बापतको पैसा सरकारलेनै तिरीदिने प्रतिवद्धता दोहो¥याएको छ ।
एक हप्ता अघि सरकारले विपन्न, गरिव, असाहाय, वृद्धवृद्धा र अग्रपक्तीमा खटिने स्वास्वास्थ्यकर्मीको मात्र निशुल्क उपचार गर्ने निर्णय गरे संगै निजि सामुदायीक र संस्थान अन्र्तगतका अस्पतालहरुले कोभिड संक्रमितहरुको उपचारका लागि अग्रीम भुक्तानी गर्नुपर्ने सूचना जारी गरेका थिए ।
त्यस्ता सूचना जारी भएसंगै जनमानसमा उपचार गर्न नपाइने भन्दै त्रास फैलिएको थियो । आइतवार स्वास्थ्य मन्त्रालय कोभिड १९ इन्सिडेन्ट कमाण्ड सिस्टमका इन्चार्ज डा गुणराज लोहोनीले सूचना जारी गर्दै कुनै पनि विरामी या आफन्तले पैसा तिर्न नसक्ने स्वयं घोषणा गरेमा त्यस्ता विरामीलाई निशुल्क उपचार गर्न सबै अस्पताललाई निर्देशन दिएका छन् ।
सो बापतको खर्च सरकारले व्यहोर्ने समेत उल्लेख गरेका छन् । ‘गरीव विपन्न, अशक्त, असाहाय, जेष्ठ नागरीकले उपचार नेपाल सरकारले उपचार गर्ने र सो को लागि विरामीको तर्फबाट स्वयं घोषणा गर्दा समेत मान्य हुने,’ विज्ञप्तीमा उल्लेख छ ।