२०८१ मंसीर ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोरोना संक्रमणबाट कर्णालीमा एक जनाको मृत्यु

कोरोना संक्रमणबाट कर्णालीमा एक जनाको मृत्यु


सुर्खेत – सुर्खेतमा कोरोना संक्रमित एक बृद्धको मृत्यु भएको छ । वीरेन्द्रनगर–८ सुर्खेतका ८६ बर्षीय ति बृद्धलाई असोज ३० गते बेलुका उपचारका लागि कर्णाली प्रदेश अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा मंगलवार दिउँसो १ बजे उनको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अस्पताल भर्ना हुनुअघि उनमा ज्वारो र खोकीको लक्षण देखिएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

कात्तिक १ गतदेखि आईसीयुमा राखेर उनको उपचार गरिएको उनले बताए । सोही दिन बिहान स्वाब संकलन गरी पिसीआर गर्दा उनमा कोरोना संक्रमण पुष्टी भएको थियो । नेपाली सेनाको समन्वयमा मंगलबार नै उनको शव व्यवस्थापन गरिएको छ ।

योसँगै कर्णाली प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ