२०८१ मंसीर ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २नापी कार्यालय धनुषाका अधिकृत सहित २९ जना कर्मचारीमा एकैपटक संक्रमण पुष्टि

नापी कार्यालय धनुषाका अधिकृत सहित २९ जना कर्मचारीमा एकैपटक संक्रमण पुष्टि


जनकपुर – नापी कार्यालय धनुषाका अधिकृतलाई संक्रमण पुष्टि भएपछि कार्यालयका कर्मचारीको स्वाव संकलन गरी पिसिआर परीक्षण गर्दा सबै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । एकैपटक एउटै कार्यालयका २९ जना कर्मचारीमा पहिलोपटक संक्रमण देखिएको हो ।

आइतबारदेखि नै बन्द रहेको कार्यालयका अधिकांश कर्मचारीहरु संक्रमित भएपछि कार्यालय अझै बन्द रहने भएको छ ।

अत्याधिक मात्रामा सेवाग्राहीको भिड रहने नापी कार्यालयका संक्रमित कर्मचारीको सम्पर्कमा रहेका अधिकांश सेवाग्राही पनि जोखिममा रहेकाले सतर्क रहनका लागि कार्यालयले आग्रह गरेको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ