२०८१ माघ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १५ संक्रमितको मृत्यु, सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो

थप १५ संक्रमितको मृत्यु, सक्रिय संक्रमितको संख्या २५ हजार नाघ्यो


थप १५ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको जनाएको हो।

बुधबार काठमाडौँका ६ जना, मोरङका २ जना, सिराहाका १ जना, रौतहटका १ जना, ललितपुरका १ जना, चितवनका १ जना, रुपन्देहीका १ जना,नवलपरासीका १ जना र दाङको १ जना सहित १५ जनाको मृत्यु भएको मन्त्रालयले जानाएको हो।

त्यस्तै, आज सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ ।  यसअघि ‘इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकमा भएको छलफलमा सक्रिय संक्रमितको संख्या २५ हजार पुगेमा देश पुन: लकडाउन गर्नुपर्ने प्रस्ताब राखेको मन्त्रालयले उल्लेख गरेको थियो । तर हाल देश लकडाउन गर्ने वा नगर्ने भन्ने विषयमा मन्त्रालयले जिकिर गरेको छैन ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ