काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ का संक्रमितको संख्या बढेसँगै देशभर ६ हजार सेमी आईसीयु वेड थप्ने तयारी गरेको छ । मोनिटर र अक्सिजनसहितका सेमी आईसीयु वेड ७ बटै प्रदेशमा ५ सयका दर ३५०० र केन्द्रिय अस्पताल र प्रतिष्ठानका अस्पतालमा बाँकी २५०० वेड थप्ने तयारी गरेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार ६ हजार हाई डिपेन्डेन्सी वेड खरिदका लागि मन्त्रालयले लागत क्यालकुलेसन गरी अर्थ मन्त्रालयसँग बजेट माग गर्ने तयारी गरेको छ ।
डा. गौतमले मंसिर भित्र सबै अस्पतालमा ती वेड पु¥याउने तयारीका साथ मन्त्रालयले काम गरिरहेको बताए ।
पछिल्लो समयमा देशमा दैनिक २ हजारका दरले कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । संक्रमित बढेसँगै अस्पताल भर्ना हुने र अक्सिजन चाहिने बिरामीको संख्या पनि बढ्दै गएको डा. गौतमले बताए ।
काठमाडौ उपत्यकामा दिनदिनै भइरहेका धर्ना, जुलुस, कोठे बैठक र स्वास्थ्य सुरक्षाका प्रबन्ध अवलम्बन नगर्दा संक्रमण बढ्दै गएको उनको भनाइ छ ।