२०८१ पुस ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सप्तरीका संक्रमितको नोबेल शिक्षण अस्पतालमा मृत्यु

सप्तरीका संक्रमितको नोबेल शिक्षण अस्पतालमा मृत्यु


जनकपुर – सप्तरीका कोरोना संक्रमितको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरको म्याक्स अस्पतालबाट रेफर भएर नोबेल ल्याइएका सप्तरीका ६७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निम्त्ति प्रमुख दुनियालाल यादवले जानकारी दिए।

म्याक्स अस्पतालबाट बुधबार साँझ रेफर भएर ल्याएका मृतक पुरुषको नोबेलले आकस्मिक कक्षमा राखेर उपचार सुरु गर्दै कोरोना परीक्षणका लागि स्वाब संकलन गरेको थियो ।

बिहिबार दिउँसो २ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको केहीबेरमै मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निम्त्ति प्रमुख दुनियालाल यादवले बताए । मृतक बृद्धलाई कोरोना पुष्टि भएपछि आइसोलेसनमा भर्ना गर्ने तयारी गर्दै गर्दा मृत्यु भएको प्रमुख यादवले वताए । मृतकमा बृद्धमा मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको दिर्घ रोगी थिए ।

मृतक बृद्धलाई गृह जिल्ला ल्याउने तयारी भइरहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निम्त्ति प्रमुख दुनियालाल यादवले वताए । मृतकको शव व्यवस्थापन नेपाली सेनाले गर्ने उनले वताए ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ