२०८२ वैशाख ८, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १एक बन्दीमा मृत्यु पछि कोरोना, मोरङ कारागारभित्रै आइसोलेसन

एक बन्दीमा मृत्यु पछि कोरोना, मोरङ कारागारभित्रै आइसोलेसन


विराटनगर – मोरङ कारागारमा पुर्पक्षको लागि थुनामा रहेका एक बन्दीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरीको इटहरी घर भएका २७ वर्षीय युवकमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

लागूऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनलाई स्वास्थ्यममा समस्या देखिएपछि कोशी अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको बुधबार राति मृत्यु भएको थियो । उपचारको क्रममा मृत्यु भएपछि उनको स्वाब संलकन गरिएको थियो । मृत्यु भएपछि गरिएको परीक्षणमा कोरोना संक्रमण बिहीबार विहान पुष्टि भएको कोशी अस्पतालका प्रवक्ता तथा फिजिसियन डा. लक्ष्मी नारायण यादवले जानकारी दिए ।

कारागार भित्रै आइसोलेशन

मोरङ कारागारमा कैद भुक्तान र पुर्पक्षको लागि थुनामा बसेका कैदीबन्दीमा कोरोना संक्रमण देखिन थालेपछि कारागारभित्र आइसोलेसन बनाउन सुरू भएको छ । बुधबार मृत्यु भएको बन्दी र यस अघि एक जना कैदीमा संक्रमण देखिएपछि कारागार भित्र आइसोलेशन बनाउन सुरू गरिएको मोरङ कारगारका जेलर सुवास लामिछानेले जानकारी दिए ।

उनका अनुसार १२ असोजमा कैद भुक्तान गर्दै आएका एक जना कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । कोशी अस्पतालको ल्याबमा ११ असोजमा गराएको परीक्षणमा जवर्जस्ती करणाी मुद्दामा कैद भुक्तान गर्दै आएका कैदीमा संक्रमण पुष्टि भएको थियो । संक्रमित ती बन्दीलाई कोशीको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

‘कारागारभित्रका कैदीबन्दीमा संक्रमण देखिन थालेपछि उनीहरूको बस्ने कोठाका अन्यको स्वाब संकलन गरिने तयारी भएको छ,’ जेलेर लामिछानेले भने, ‘मोरङका प्रमुख जिल्ला अधिकारीसँग सल्लाह गरेर अहिले संक्रमण पुष्टि भएकाहरुको क्लोज कन्ट्याकमा रहेकाहरूमा प्रराम्भिक चरणमा परीक्षण गरिने तयारी छ ।’

संक्रमण देखिए कैदीबन्दीलाई कारागारभित्र आइसोलेट गरेर राखिने उनले बताए । कारागारभित्र टोपी, मुढा बनाउने कोठालाई आइसोलेसनको रुपमा प्रयोग गरिने तयारी भइसकेको उनले सुनाए । ‘तत्काल बाहिर आइसोलन बनाउन सकिने सम्झावना न्यून छ,’ उनले भने, ‘परीक्षण गर्दा संक्रमित देखिए यही बनाएको आइसोलनमा राखिन्छ । स्वास्थ्यमा समस्या आएका विरामीलाई हस्पिटल लानेछौं ।’

मोरङ कारागारमा हाल ९ सय २२ जना कैदीबन्दी छन् । जसमध्ये ८१ जना महिला रहेको जेलर लामिछानेले जानकारी दिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ