जनकपुर – पछिल्लो २४ घण्टामा बुधवार प्रदेश २ मा ५ महिलासहित ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार धनुषा ६ जना, महोत्तरीमा ३ जना, सिरहामा १३ जना, बारामा ९ जना, पर्सामा १२ जना, रौतहटमा १ जना, सप्तरीमा १ जना र अन्य जिल्लाका ४ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १३ हजार ५२७ पुगेको छ । जसमध्ये १० हजार ५४२ जना कोरोनामुक्त भइसकेका छन् । बुधवार मात्रै १३ सय ९४ जना कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामै यस प्रदेशमा २ जनाको कोरोना संत्रमणबाट मृत्यु भएको छ । सर्लाहीको बरहथवा ६ का ६६ वर्षीय पुरुष, र सप्तरीको अग्निसाइर कृष्णसावरन नपा ४ का ३९ वर्षीय पुरुषको मृत्यु भएको हो ।