काठमाडौं– काठमाडौं उपत्यकामा ९ सय २ सहित थप १ हजार ५ सय ५९ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
बुधबार थप थप १ हजार ५ सय ५९ जनामा संक्रमित थपिएसँगै नेपालमा संक्रमितको संख्या ७७ हजार ८ सय १७ जना पुगेको छ। जसमध्ये सक्रिय संक्रमित २० हजार ८ सय ९१ जना रहेका छन्।
काठमाडौं उपत्यकामा पहिलोपटक एकैदिनमा ९ सय २ जना संक्रमित थपिएका छन्। मन्त्रालयले जारी गरेको पछिल्लो विवरण अनुसार काठमाडौंमा मात्रै ६ सय ४७ जनामा जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, भक्तपुरमा ९३ जना र ललितपुरमा १ सय १२ जना नयाँ संक्रमित थपिएका छन्।
पछिल्लो २४ घन्टामा उपचार पछि निको हुने संक्रमितको संख्या १ हजार ५७ जना रहेको छ। त्यस्तै, हाल आइसीयुमा २ सय १ जना र भेन्टिलेटरमा ३० जना संक्रमित उपचाररत छन् ।
आज थप ७ जना संक्रमितको मृत्यु भएको छ । सुनसरीका ६० वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष, सप्तरीका ३९ वर्षीय पुरुष, काठमाडौँकी ३४ वर्षीया महिला र ८३ वर्षीया वृद्धा, ५४ वर्षीय वृद्ध र रुपन्देहीका ८२ वर्षीय वृद्धको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
कुन प्रदेशमा थपिए कति संक्रमित ? ।