के तपाईलाई यौनदेखि घिन लागेर आउँछ? अर्थात्, यौनजन्य क्रियाकलापबाट तपाई विचलित हुनुहुन्छ? बधाई छ उसोभए तपाई विकसित विचारवादी हुनुहुन्छ । व्यक्तिलाई एकदम मन नपर्ने वा व्यक्तिमा घृणाको भाव पैदा गर्ने पक्षहरु के–के हुन् त? भन्ने विषयमा पछिल्लोपटक गरिएको एक नयाँ अध्ययनले रोचक तथ्य पत्ता लगाएको छ । जसबाट व्यक्तिलाई मन नपर्ने त्यस्ता ६ वटा पक्षहरु छन् भन्ने निस्कर्ष अगाडि आएको छ ।
जसअन्र्तगत व्यक्तिको असाधारण प्रस्तुत, चोटपटक, यौन, सरसफाई, खाना र जनावरहरु आदि पर्ने कुरा उल्लेख गरिएको छ । कुनै न कुनै कारणले व्यक्ति यी पक्षप्रति घृणा उत्पन्न हुने कुरा उक्त अध्ययनको निस्कर्ष रहेको छ ।
यौनको सन्दर्भमा भन्नुपर्दा जोखिमपुर्ण सम्भोग वा छोटो समयमा नै व्यक्तिसँगको चिनजानमा कायम गरिएको शारीरिक सम्बन्धले व्यक्तिमा यौनप्रति घृणा उत्पन्न गराउन मद्दत गर्दछ । अध्ययनका अनुसार यी भाव व्यक्तिमा यस्ता गतिविधिबाट निम्त्याउँने समस्याबाट बच्नको निम्ति मस्तिष्कमा उत्पन्न हुने भाव हुन् । जसले हामीलाई यौनजन्य भाव र त्यसबाट पैदा हुने समस्याबाट बच्न र बचाउनमा समेत महत्वपूर्ण भुमिका खेल्दछ । जसकारण पनि व्यक्ति यौनको नाम सुनेर चिडचिडाउने गर्छन् ।
यस विषयमा बोल्दै अध्ययनका प्रमुख भल कर्टिज भन्छन्, ‘घृणा मस्तिष्कको एक प्रणाली हो । जसले हामीलाई आफ्ना मर्यादाबाट बाहिर गई अनैतिक कार्य वा सम्बन्ध स्थापित गर्नबाट जोगाउँछ । जसकारण हामी त्यस्ता खाना, चोटपटक, हतारको यौनसम्पर्क, अनौठो किसिमको व्यक्तित्व र सरसफाइको कमीजस्ता पक्षहरुबाट टाढै रहन्छौ ।’
लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रोपिकल मेडिसिनले गरेको उक्त सर्वेक्षणमा २ हजार ५ सय भन्दा बढि व्यक्तिहरु सहभागी भएका थिए । जसमा उनीहरुलाई मन नपर्ने र एकदम मन नपर्ने(घृणा लाग्ने) पक्षका विषयमा सोधिएको थियो ।
रोचक के छ भने, एकल महिलाले तुलनात्मक रुपमा अन्य क्याटगोरीको पुरुषले भन्दा बढि सम्भोगलाई घृणा गर्ने पाइयो । अझ, उनीहरुले जोखिमपूर्ण सम्भोगलाई जनावरले बोकेको रोगको संज्ञा समेत दिएका थिए । जुन जोखिम पुरुषहरु मोल्न चाहान्छन् भने महिलाले आफ्ना बच्चा तथा प्रजननको विषयमा सोच्ने भएकाले उनीहरु कम्तिमा सुरक्षाका उपायहरु अपनाउन चाहान्छन् ।
उनीहरुका अनुसार यदि व्यक्ति आफू स्वयम्को काबुमा छ र, मुर्खता पूर्वक यौनमा जोखिम लिदैनन् भने त्यस्ता व्यक्तिले आफूलाई माया गर्ने मान्छेलाइृ घृणा गर्दैनन् । तर, केहि यस्ता व्यक्ति वा घटना जसले क्षणिक आनन्द र रोमान्सको लागि मात्रै तपाईलाई चारो बनाएको केहि स्मरण छ भने त्यस्ता व्यक्ति भने यौनलाई घृणा गर्ने गर्छन् ।
एजेन्सी ।