२०८१ मंसीर ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २जनशक्ति अभावमा बन्द रहेको प्रसुति सेवा संचालनमा

जनशक्ति अभावमा बन्द रहेको प्रसुति सेवा संचालनमा

स्वास्थ्यका अन्य पूर्वाधारहरु पनि संचालनमा ल्याउने प्रतिवद्धता


जनकपुर—पर्साको धोविनी गाउँपालिका—२ भिखमपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विगत १ वर्षदेखि बन्द रहेको प्रसुति सेवा पुनः सुचारु भएको छ । जनशक्तिको अभावमा बन्द रहेको प्रसुति सेवा गाउँपालिकाकाले जनशक्ति आपूर्ति गरेपछि संचालनमा आएको हो ।

धोविनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अशोक रौनियारले नागरिकको स्वास्थ्यलाई पहिलो प्रथामिकतामा राखेर काम गर्ने योजना अगाडि सारेपछि प्रसुति सेवा सुरु भएको हो । भिखमपुर स्वास्थ्य केन्द्रमा संचालन भएकै दिन वडा नं—१ की एक महिलाले प्रसुति गृहमा आएर सन्तान जन्माएसँगै सेवा सुरु भएका हो ।

गाउँपालिकामा स्वास्थ्य केन्द्र भएपनि जनशक्ति अभावमा प्रसुति सेवा संचालनमा थिएन । प्रमुख प्रशासकीय अधिकृत रौनियारले गाउँपालिकाको नेतृत्वलाई विश्वासमा लिएर नागरिकको मागलाई सम्बोधन गर्ने क्रममा स्टाफ नर्सको भर्ना गरेकाले भएकोले सेवा संचालनमा आएको हो । गाउँपालिकाले ४ जना नर्स करारमा नियुक्त गरेको छ ।

१५ वेडको स्वास्थ्य चौकीमा प्रसुति सेवा सुरु भएसँगै भारतको विहारदेखि पर्साको जिराभवानी गाउँपालिकालगायतका महिलाहरुलाई अब वीरगञ्ज जाने समस्याबाट मुक्त भएका छन् ।

केन्द्रले दिशा, पिसाव र खकारको परीक्षणजस्ता सेवाहरु पहिलादेखि नै दिँदै आएको छ । गाउँपालिका अधिकृत रौनियारले केही दिनभित्रै एक्सरेलगायत अन्य जनरल सेवाहरु पनि सुचारु हुने बताए ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ