२०८१ पुस १२, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठअन्यशरीरमा हार्माेनलाई सन्तुलन राख्ने यी अचुक उपाय

शरीरमा हार्माेनलाई सन्तुलन राख्ने यी अचुक उपाय


टेस्टोस्टेरिन हार्माेन पुरुषका निमित्त एक आवश्यकीय हार्माेन मानिन्छ । यसले पुरुषमा पुरुषको जस्तो स्वर, दाहिृ, जुंगा एवम् मांसपेशी वृद्धि विकासको निमित्त महत्वपुर्ण भुमिका निर्वाह गर्छ ।

यसको साथै हार्मोनले पुरुषमा यौनइच्छा पैदा गर्ने काम पनि गर्ने गर्छ। जसकारण टेस्टोस्टेरिन हार्माेनलाई पुरुष हार्माेन पनि भनिन्छ ।

हामीले देख्ने गर्छाै कतिपय पुरुषमा दाहिृ, जुंगा आउँदैन भने कतिपय महिलामा भने पुरुषको जस्तै शरीरमा अनेकौ रौंहरु देखा पर्छन । यो हार्माेनको गडबढीका कारण व्यक्तिमा देखिने आम समस्या हो । यसबाहेक पुरुषमा यौनइच्छाको निमित्त अत्यावश्यक तत्व समेत रहेको यस हार्माेनको कमीले गर्दा व्यक्तिमा यौनइच्छा घट्नुका साथै उत्तेजना समेत नहुने समस्या पनि देखा पर्दछ । जसले व्यक्तिसँगसँगै उसको पार्टनरमा पनि समान असर पु¥याउँछ ।

शारीरिक बनावटदेखि यौनजीवनमा समेत महत्वपूर्ण भुमिका खेल्ने टेस्टोस्टेरिन हार्माेनको कमीले व्यक्तिमा के–कस्ता लक्षणहरु देखिन्छन् त?

लक्षण :-

  • यौनइच्छामा कमी आउनु,
  • उत्तेजना नहुनु,
  • एकै ठाउँमा ध्यान केन्द्रित नहुनु र स्मरण शक्तिमा हृास आउनु,
  •  डिप्रेशन,
  • महिलाको जस्तो स्वर हुनु तथा दाहिृ जुंगाा नआउनु,

हार्माेन सन्तुलन राख्ने वा बढाउन अपनाउनु पर्ने ९ विधिहरु निम्न रहेका छन्ः

  • तौल उचित कायम राख्ने,
  • स्किपिङ, दौडनेजस्ता उच्च वा तीव्र व्यायाम गर्ने,
  • चिकित्सकको सल्लाहमा जिंक चक्कीको उपयोग गर्ने,
  • बल लगाउनुपर्ने कामहरु गर्ने,
  • उचित रुपमा भिटामिन डिको मात्रालाई कायम राख्ने,
  • तनावरहित रहने,
  • चिनी उपभोगको मात्रालाई कम गर्ने,
  • स्वस्थ फ्याटयुक्त आहारको सेवन
  •  अमिनो एसिडको सेवनको मात्रा बढाउने ।

-एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ