अधिकांशमा देखिने साझा समस्यामध्ये पित्तथैलीको पत्थरी पनि एक हो । पित्तथैलीमा पत्थरी बन्ने प्रक्रिया हाम्रो खानपिन तथा जीवनशैलीको प्रतिफल पनि हो । यो बच्चा, महिला तथा पुरुष जोसुकैमा पनि देखिन सक्छ । यद्यपि, तुलनात्मक रुपमा भने यो प्रायजसोः बढी महिलामा देखिन्छ । करिब ४० वर्ष पुगेपछि महिलामा यसको जोखिम बढ्न थाल्छ ।
पित्तथैलीको पत्थरी ‘असिम्टोमेटिक’अर्थात्, लक्षणविहिन हुने भएकोले व्यक्तिले आफूमा यो रोग छ भनेर सजिलै थाहा पाउदैनन् । यसका लागि पेटको अल्ट्रासाउण्ड नै गर्नुपर्ने हुन्छ । यसका अधिकांश संकेत ग्यास्ट्रिकको जस्तै हुने भएकाले पनि व्यक्तिले यसलाई खासै वास्ता गरेको हुँदैन् ।
यद्यपि पित्तथैलीमा पत्थरी भएमा व्यक्तिलाई ग्यास्ट्रिकमा देखिनेजस्तै समस्या जस्तोः अलिकति खाना खाएपछि टन्न भएको महसुस हुने, दायाँ कोखातिर असजिलो हुने र ग्यास्ट्रिक भएको जस्तो हुनेजस्ता आदि समस्या देखापर्छ । तर, यस समस्याले भने व्यक्तिलाई जुनसुकै बेला पनि दुःख दिन्छ सक्छ । यसरी विस्तारै थाहा नपाउने गरी हानी गर्ने पत्थरी व्यक्तिमा निम्न कारण हुने गर्छः
यसका कारणहरु
• बढ्दो उमेर
• मोटोपन एवं गोरोपन
• कोलेस्टोरको वृद्धि
• चिल्लो पदार्थको अत्याधिक सेवन
• परिवार नियोजनका चक्कीको प्रयोग
• पित्तथैलीको संक्रमण
• गर्भवतीमा हुने हार्मोन परिवर्तन ।
समयमै उपचार नगर्दा हुने जोखिम
पत्थरी भएको लामो समयसम्म पनि अप्रेशन नगर्दा यो पाक्न सक्ने सम्भावना समेत रहन्छ । जसअन्र्तगत भने व्यक्तिलाई पेटतिर छुदा दुख्ने र ज्वरो समेत आउन सक्छ । यसरी पत्थरी पाक्दै जान थालेमा दायाँ–बायाँ आन्द्रा वा बोसो टाँसिने र पित्तथैली फुट्न सक्ने भयसमेत रहन्छ ।
जसकारण बिरामीलाई गाहृो हुने र औषधिले समेत दुखाइ कम गर्न मुश्किल पर्न जान्छ । यस्तै कहिलेकाहिँ सोहि पत्थरी पित्तथैलीबाट फुस्केर अन्त गई जन्डिस समेत बनाउन सक्छ भने कतिपय अवस्थामा यसका धुलोहरु गई पेनक्रियाजमा गई अड्किन सक्छ । जसले ‘पेन्क्रियाटाईसिस’ पनि गराउन सक्छ ।
यसरी पित्तथैलीमा देखिने पत्थरी कसैमा एउटै ठूलो त, कसैमा स–साना एवं धेरै ढुंगा का रुपमा देखिन सक्छ । यद्यपि साना पत्थरी गई फुस्केर अन्त जाने र ठूलो भएमा दुखाई दिने भएकाले यी दुवै किसिमका पत्थरीले व्यक्तिलाई दुःख दिन्छ । लामो समयसम्म रोग पालेर बस्दा यसले सानो–सानो गर्दै जन्डिस गराउने, आन्द्रामा प्वाल पार्ने, र बढी टासिन गई शरीरमा प्वाल बनाएर ल्याप्रोस्कोपी उपचार पनि असम्भव हुनेजस्ता जोखिम बढाउन सक्छ ।
यसबाहेक यसले व्यक्तिलाई जुनसुकै समयमा पनि दुःख दिन सक्ने भएकाले पनि यसको उपचार समय अनुकूल मिलाएर सकेसम्म छिट्टै गर्नुपर्छ ।
यसरी पित्तथैलीको अप्रेशन गर्दा कसैको पेटमा स–साना ३ वटा प्वाँल बनाएर दूरविनको माध्यमबाट पनि सम्भव रहन्छ भने, कसैको भने शल्यक्रिया गरेर पत्थरीसँगै पित्तथैली समेत निकालेर फालिन्छ । यसो गर्नाले व्यक्तिलाई पुनः पत्थरी हुने सम्भावना रहँदैन् भने अर्कातिर शरीरमा पित्तथैलीको काम आन्द्राले नै गर्ने भएकाले यसले व्यक्तिमा कुनै पनि किसिमको असर पु¥याउदैन र, व्यक्तिले सहज जीवनयापन गर्न सक्छन् ।
बच्ने उपायः
यसबाहेक सामान्य व्यक्तिले आफूमा यो समस्या नदेखियोस् वा देखिसकेपछि पनि यसको जोखिम नबढाउनका लागि यसको जोखिमलाई निम्न उपायद्धारा न्यूनीकरण गर्न सकिन्छः
• चिल्लो पदार्थको कम प्रयोग
• हार्मोन परिवर्तन गर्ने परिवार नियोजनका साधन प्रयोग नगरी सकभर कन्डमको प्रयोग गर्ने
• समय–समयमा र ग्यास्ट्रिक भएको जस्तो महसुस हुँदा अल्ट्रासाउण्ड गराउने
• उचित तौल कायम राख्ने
र, कतिपय गर्भवती महिलामा भने डेलिभरीपछि यो स्वतः निको भएर जाने हुन्छ ।
प्रस्तुतीः सृजना मगर ।