२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठअन्यकोरोनाविरुद्ध तयार हुने खोपलाई विश्वभर पुर्‍याउने स्किम सुरु गर्दै डब्ल्यूएचओ

कोरोनाविरुद्ध तयार हुने खोपलाई विश्वभर पुर्‍याउने स्किम सुरु गर्दै डब्ल्यूएचओ


विश्व स्वास्थ्य संगठनले भविष्यमा तयार हुने कोरोनाको खोपको पहुँच तथा वितरणको लागि स्किम तयार पारेको छ। जसलाई ‘कोभेक्स स्किम’ नाम दिइएको छ। सो स्किममा विश्वका १ सय ५६ देश जोडिएका छन्।

६४ आत्मनिर्भर भएका देश जोडिएको सो स्किममा चीन र अमेरिका भने सहभागी छैनन्।

डब्ल्यूएचओ यसको निमित्त अन्तर्राष्ट्रियस्तरमा खोपको वितरण गर्ने सँस्थासँग मिलेर काम गर्ने भएको छ। सो स्किमको मद्दतबाट खोपको पहुँच र वितरणमा गडबडको समस्या नहुने डब्ल्यूएचओका निर्देशक ट्रेडोस गेब्रेसिएसले जनाएका छन्। उनले यो कुनै च्यारिटी नभएर सबै देशको हितमा रहेको उल्लेख गरेका छन्।

विश्वमा हालसम्म गरेर ३ करोड १४ लाख ९९ हजार ३ सय ४३ कोरोनाको केस पुगेको छ। जसमध्ये ९ लाख ६९ हजार भन्दा बढी संक्रमितले ज्यान गुमाइसकेका छन्। त्यस्तै, कोरोनालाई जित्ने संक्रमितको संख्या २ करोड ३१ लाख भन्दा बढी छ।

– एजेन्सी


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ