काठमाडौं—नेपालमा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप १२०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यससँगै अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ६२७९७ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १७१२९ रहेको छ ।
पछिल्लो २४ घण्टामा १४४७ कोरोना जितेर डिस्चार्ज भएका छन् । अहिलेसम्म नेपालमा ४५ हजार २ सय ६७ जना कोरोना जितेर घर फर्किएका छन् ।
नेपालमा १७९ जना कोरोना संक्रमित आईसीयु उपचाररत छन् भने ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा ४ जना पुरूष र ७ जना महिला गरी ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा ४०१ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
५ सय बढी संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, सिराहा, काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन र रुपन्देही रहेका छन् । संक्रमित शुन्य भएका जिल्लाहरुमा सोलखुम्बु, रसुवा, मुस्ताङ, म्याग्दी, डोल्पा, मुगु र हुम्ला रहेका छन् ।
कहाँ कति संक्रमित थपिए ?