२०८१ पुस ९, मंगलबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २बाराका कोरोना संक्रमित महिलाको उपचारकै क्रममा वीरगञ्जमा मृत्यु

बाराका कोरोना संक्रमित महिलाको उपचारकै क्रममा वीरगञ्जमा मृत्यु


जनकपुर—बाराका एक कोरोना संक्रमितको उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो ।

मृतक महिलाको उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले बताए । मधुमेह र हाइपरटेन्सनको समस्याले ग्रसित उनमा कडा कोभिड—१९ निमोनिया देखिएको थियो ।

तत्कालै आईसीयू कक्षमा राखेर उपचार शुरु गरिएको थियो । जिन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।


क्याटेगोरी : प्रदेश २, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ