गृहपृष्ठ ∕ प्रदेश २ ∕ ११ महिनादेखि पारिश्रमिक नपाएको भन्दै जानकी मेडिकल कलेजका कर्मचारी आन्दोलनमा ११ महिनादेखि पारिश्रमिक नपाएको भन्दै जानकी मेडिकल कलेजका कर्मचारी आन्दोलनमा हेल्थ आवाज सोमबार, २०७७ भदौ २९ गते, १९:५६ मा प्रकाशित जनकपुर – ११ महिनादेखि मासिक पारिश्रमिक नपाएको भन्दै धनुषाको जानकी मेडिकल कलेज तथा शिक्षण अस्पतालमा कार्यरत कर्मचारीहरुले स्वास्थ्य सेवा बाहेकका सम्पूर्ण कामकाज ठप्प गरि आन्दोलनमा उत्रेका छन् । मेडिकल कलेजका कर्मचारीहरुले ११ महिनाको मासिक पारिश्रमिक र ६ बर्षको संचय कोष बापतको रकम भुक्तानी हालसम्म नगरेको भन्दै आन्दोलित भएका हुन् । उनीहरु पटक-पटक तलब भुक्तानी गर्न आग्रह गर्दा पनि कलेज व्यवस्थापनले मागको वास्ता नगर्दा आन्दोलन थालेका छन् । पारिश्रमिक नदिएपछि बाध्य भएर कर्मचारीहरु भदौं २६ गतेदेखि स्वास्थ्य बाहेकका सम्पूर्ण कामकाज ठप्प पारेर आन्दोलन थालेको कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक उमेश यादबले वताए । उनका अनुसार आन्दोलन गरेको तीन दिन वितेपनि व्यवस्थापन पक्षले कुनै चासो देखाएका छैनन् । कलेजको लेखा शाखा, शैक्षिक कार्यक्रम र प्रशासन शाखामा कर्मचारीहरुले ताला लगाएका छन् । संघर्ष समितिका संयोजक यादबले तलब दिन व्यवस्थापनले चासो देखाएका छैन तर महेन्द्रनगरका प्रहरीले ताला फुटाउने धम्की दिन थालेको गुनासो गरे । कलेज ब्यवस्थापनले प्रहरी लगाएर ताला फुटाएमा अझ सशक्त आन्दोलन गर्ने चेतावनी कर्मचारीहरुले दिएका छन् । यसअघि पनि यहाँका कर्मचारी पटक पटक तलबका लागि आन्दोलन गरिसकेका छन् । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीरगन्जमा भएको झडपका ४३ जना घाइतेको नारायणीमा उपचार, ४१ जना… रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत… कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ४ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने ७ युएई नेपालको स्वास्थ्य क्षेत्र विकासमा सघाउन तत्पर छ : अध्यक्ष मन्सुरी Kalpana Craft ट्रेण्डिङ मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित स्पेनमा एकै दिन १५ सय कोभिड-१९ का नयाँ संक्रमित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए शिक्षामन्त्रीको राजीनामा स्वास्थ्यका कारण आएको प्रधानमन्त्रीको दावी चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै