२०८१ माघ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ४३१ सहित थप १२०१ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ४३१ सहित थप १२०१ जनामा कोरोना पुष्टि


काठमाडौं–  काठमाडौं उपत्यकामा ४ सय ३१ सहित थप १ हजार २ सय १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार २ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ सय ३१ संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३ सय ७७, ललितपुरमा ३७ र भक्तपुरमा १७ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा ८ सय ५२ जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोना जित्नेको संख्या ३७ हजार ५ सय २४ पुगेको छ । हाल नेपालमा १५ हजार २ सय ६० संक्रिय संक्रमित रहेका छन् । जसमध्ये ६ हजार १ सय ५३ जना होम आइसोलेसनमा छन् भने ९ हजार १ सय ७ जना विभिन्न संस्थाको आइसोलेसनमा बसेका छन् ।

हाल नेपालमा १ सय ६० जना आइसियु र २४ जना भेन्टिलेटरमा उपचाररत छन् ।

पछिल्लो २४ घन्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरीका ४३ वर्षीय पुरुष, पर्र्साका ७८ वर्षीया महिला, काठमाडौंका ७६ वर्षीय महिला, ५१ र ५४ वर्षीय दुई पुरुष, भक्तपुरका ७२ र ३८ वर्षीय दुई पुरुष, चितवनका ६१ वर्षीय पुरुष, तनहुँका ७६ वर्षीया महिलाको मृत्यु भएको छ । यस्तै, स्याङ्जाका ८५ वर्षीय पुरुष, गोरखाका ४५ वर्षीय पुरुष, कास्कीका ५१ वर्षीय पुरुष, रुपन्देहीका ६० र ४० वर्षीय दुई पुरुष रहेका छन् । यो सँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितका संख्या ३ सय ३६ पुगेको छ । यो कुल संक्रमितको ०.६३ प्रतिशत हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ