२०८१ मंसीर ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशबुटवलमा भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको मृत्यु

बुटवलमा भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितको मृत्यु


बुटवल—बुटवलमा भेन्टिलेटरको सहायतामा उपचाररत एक कोभिड—१९ संक्रमित पुरुषको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल आइसोलेशन शाखा धागो कारखानामा भेन्टिलेटरमा उपचार गरिरहेका रुपन्देही ओमसतिया—४ का ४० बर्षीय पुरुषको शनिबार विहान मृत्यु भएको हो ।

मृतक पुरुषमा उच्च ज्वरो देखिएपछि गत भदौं १४ गते लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको थियो । सोही दिन नै उनीमा कोरोना संक्रमण पुष्टि भएपछि कोरोना विशेष अस्पतालमा भर्ना गरिएको थियो ।

अवस्था जटिल बन्दै गएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो । उनको शनिबार बिहान साढे १२ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।

उनीसँगै रुपन्देहीमा १६ जना कोरोना संक्रमितको मृत्यु भैसकेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ