काठमाडौं – काठमाडौं उपत्यकामा सहित थप १ हजार ८१ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा जनामा १ हजार ८१ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घन्टामा १ हजार ८१ नयाँ केस देखिएसँगै नेपालमा संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ ।
बुधबार मात्रै काठमाडौंमा ३ सय ९४ , ललितपुरमा ३४ र भक्तपुरमा ३६ संक्रमित थपिएका छन्।
हाल सक्रिय संक्रमितको संख्या १५ हजार २५ जना रहेको छ । यस्तै, पछिल्लो २४ घण्टामा ९ सय १८ जना डिस्चार्ज भएका छन् । हालसम्म गरेर ३३ हजार ८ सय ८२ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल आइसियुमा १ सय ६२ संक्रमित उपचाररत छन् । भने भेन्टिलेटरमा २२ जना संक्रमितको उपचार भैरहेको छ ।
त्यस्तै, आज थप ६ जनाको मृत्यु भएको छ। जसमध्ये पुरुष ३ जना र महिला ३ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ सय १२ जना पुगेको छ।
कुन प्रदेशमा थपिए कति संक्रमित ?