२०८१ माघ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारमेसिनमा परी दुई टुक्रा भएको हात ट्रमा सेन्टरमा जोडियो

मेसिनमा परी दुई टुक्रा भएको हात ट्रमा सेन्टरमा जोडियो


काठमाडौँ – फ्लेक्स पाइप मेसिनमा परी हात छिनेको १८ वर्षीय युवकको राष्ट्रिय ट्रमा सेन्टरमा सफलतापुर्वक उपचार भएको छ । मंगलबार पत्रकार सम्मेलन गरी अस्पतालले सो जानकारी दिएको हो ।

गत असार २९ गतेका दिन साँझ ५ बजे काम गर्ने शिलशिलामा अकस्मात् फ्लेक्स पाइप मेसिनमा हात पसेर दुई टुक्रा भएको उनको ट्रमा सेन्टरका प्लाष्टिक सर्जरीका प्रमुख प्रोफेसर डा. पियुष दाहालको नेतृत्वमा सफल उपचार भएको हो ।

उपचारमा उनीसँगै उपचारमा डा. कृष्ण मानन्धर(प्लाष्टिक सर्जन), डा. अपार लामिछाने(प्लाष्टिक सर्जन), डा. कमलराज पाठक (प्लाष्टिक सर्जरी रेजिडेन्ट), र एनेस्थेसियाका डा. रुपेश यादव, डा. टिरिङ शेर्पा र नर्सिङ टिम पिंकी लागेजू र अनुपमा फुँयाल संलग्न रहेका थिए । बेलुकाको करिब ७ बजेदेखि सुरु गरिएको उक्त शल्यक्रिया १० घन्टाको लगातार मेहेनतपछि सफल भएको थियो ।

घटनाको १ घन्टाभित्र नै बिरामी अस्पताल आइपुगेको हुनाले पनि शल्यक्रिया सफल हुन पुगेको डा. पियूष दाहालले बताए । ‘बिरामीले छिनेको हातको अंगलाई सफा गरेर सुरक्षितका साथ ल्याएको थियो । जसले गर्दा पनि हामीलाई हात जोड्नमा मद्दत मिल्यो’ उनले भने ।

शल्यक्रियामा १७-१८ वटा नशा, ३ वटा रगतको नशा, ४ वटा हड्डि र ५ वटा भेन जोड्न परेको उनले बताए । हात छिनिएको भनेका युवक रवि सिंह हुन् । सर्लाही–पर्सा गाउँपालिका डा नं २ का उनी विगत ८-९ महिनादेखि रोजीरोटिको निम्ति दक्षिणकालीमा काम गर्दै आएका थिए । करिब काम गर्न थालेका उनले हात छिनेपछि आफूमा बाँच्ने आश नभएको तर, डाक्टरहरुको मेहेनतले हाल आफूले हात समेत चलाउन सकेकोमा खुशी व्यक्त गरे । ‘डाक्टरहरु मेरा लागि भगवान् नै हुन्’ ,उनले भने । शल्यक्रियाको लागि आवश्यक मासु उनको खुट्टाबाट काटेर लिइएको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ