२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १डा. साहको शंकास्पद मृत्यु प्रकरण : घटनाको सत्यतथ्य छानविन गर्न परिवारको माग

डा. साहको शंकास्पद मृत्यु प्रकरण : घटनाको सत्यतथ्य छानविन गर्न परिवारको माग


विराटनगर – भारतको नयाँ दिल्लीमा कलेजो प्रत्यारोपण विशेषज्ञ डा. सुजितकुमार साहको रहस्यमय मृत्यु भएको भन्दै परिवारले छानविन गरी दोषीलाई कारवाहीको माग राखेका छन् । विराटनगर महानगरपालिका – १३ घर भएका ३९ वर्षीय डा. साहाकाको परिवारले घटनाको छानविनका लागि नेपाल सरकार र सरोकारवाला निकायले गहन भूमिका निर्वाह गरी दोषीलाई कारवाहीको दायरामा ल्यानुपर्ने माग राखेका हुन् ।

भारतको हरियाणास्थित मेदान्त अस्पतालमा कार्यरत डा.साहको भदौ १६ गते ३ बजे नयाँ दिल्लीस्थित आफू बस्ने फ्ल्याटको भुइँमा शव फेला परेको थियो । डाक्टर साह विगत चार वर्षदेखि मेदान्तमा लिभर ट्रान्सप्लान्ट युनिटमा कन्सल्ट्यान्टका रुपमा कार्यरत थिए ।

डा. सुजित अर्पाटमेन्टमा एक्लै बस्दै आएका थिए । उनको हिमाचल प्रदेशको लक्ष्मी शंख्या चिकित्सकसँग सन २०१० मा विवाह भएको थियो । उनीहरुबाट ६ वर्षीय छोरी पनि छ । छोरी मामा घरमा बस्दै आएकी छिन् । पछिल्लो समय साह र उनकी श्रीमतीबीच राम्रो सम्बन्ध नभएको र श्रीमतीले छोडपत्रका लागि दबाब दिँदै आएकी थिइन् । त्यही दबाबले छोराको रहस्यम तरिकाले मृत्यु भएकोले गहन रुपमा अनुसन्धान गरि छानविन हुनुपर्ने डाक्टर साहकी आमा फुलकुमारी देवी साहले बताइन् । उनलाई आत्महत्या गर्ने परिस्थितिमा श्रीमती लक्ष्मीको हात रहेको साह परिवारले आरोप छ । मृतक साहको काका वीरेन्द्र साहले घटना रहस्यमय रहेकोले छानविन र नेपाल सरकारले पहल गरी दिनुपर्ने बताए ।

डा. साहकी आमा फुलकुमारी र बुवा नरेन्द्रप्रसादले राष्ट्रिय मानव अधिकार आयोगसहित विभिन्न संघसंस्थाहरुमा पनि निवेदन दिएका छन् । ‘हत्या गरेको जस्तो प्रकृति देखिएको हुँदा सो घटनाको सत्यतथ्य छानविन गरी गराई न्याय दिलाइ दिन सम्बन्धित सबै पक्षलाई हार्दिक अनुरोध गर्दछु,’ निवेदनमा उल्लेख गरिएको छ ।
उक्त निवेदन विराटनगरस्थित इन्सेक कार्यालय, एलिट क्लब, मानव अधिकार सञ्जाल, पत्रकार महासंघ मोरङ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगर र विराटनगर महानगरपालिकालाई पनि बोदार्थ पठाएको छ ।

त्यस्तै,  नेपाल चिकित्सक संघले पनि एक विज्ञप्ति निकालेर संघले घटनाको छानबिनका लागि नेपाल सरकार र सरोवाकारवाला निकायले गहन भूमिका निर्वाह गर्न आग्रह गरेको छ । संघका महासचिव डा.बद्री रिजालले उक्त घटना रहस्यमय भएको र के कारणले घटना भएको भन्नेबारेमा अथार्थ विवरण बाहिर ल्याउन माग गरेका छन् । संघले डा.साहको निधनमा गहिरो दुख व्यक्तगर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ ।

को हुन् डाक्टर सुजित कुमार साह ?

नरेन्द्र प्रसाद र फूलकुमारी देवी साहकी कान्छो छोरा हुन् डाक्टर सुजित कुमार साह । चिकित्सा क्षेत्रमा अन्तर्राष्ट्रियस्तरमै उचाइ लिदैं गरेका विराटनगर घर भएका डाक्टर सुजितकुमार भारत मात्र नभएर एसियाकै अब्बल अस्पतालको रुपमा रहेको मेदान्तको कलेजो प्रत्यारोपण सर्जन हुन् ।

जनकपुरको जानकी आवासीय माविबाट एसएलसीसम्मको अध्ययन पूरा गरेपछि डा. साहले सेन्ट जेभियर्स कलेज माइतीघरबाट आईएससी उत्तीर्ण गरेका थिए । आइएसीपछि उनले मणिपाल मेडिकल कलेज पोखराबाट एमबिबिएस गरेका हुन् । नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन गरेका डा. साहले २ वर्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खटाएका विभिन्न जिल्लामा गएर काम गरेका थिए । छात्रवृत्तिको करार सकिदै गर्दा उनले भारतको स्नातकोत्तर चिकित्सा शिक्षा एवं अनुसन्धान संस्थान, चण्डीगढबाट एमएस छात्रवृत्तिमा पढेका थिए ।

साहले छोटो समयमै कलेजो प्रत्यारोपणका लागि कुशल चिकित्सकको परिचय बनाए । र, उनलाई रोबोटिक लिभर ट्रान्सप्लान्टको विशेषज्ञका रुपमा परिचित पनि भए । सहकर्मीहरुबीच डा. साह निकै मिलनसार र सरल व्यक्तिका रुपमा परिचित थिए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ