२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकाठमाडौं उपत्यकामा ४०८ सहित थप १०४१ जनामा कोरोना पुष्टि

काठमाडौं उपत्यकामा ४०८ सहित थप १०४१ जनामा कोरोना पुष्टि


काठमाडौं –  काठमाडौं उपत्यकामा ४०८ सहित थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १०४१ जनामा कोरोना पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा ४०८ जनमाका कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ३२६ ललितपुरमा ३७ र भक्तपुरमा ४५ जना रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २ सय ७७ जना पुगेको छ ।

पछिल्लो २४ घन्टमा १ हजार ५ सय ६६ जना डिस्चार्ज भएका छन् ।  हालसम्म  नेपालाम २७ हजार १ सय २७ जना कोेरोना संक्रमित डिस्चार्ज भएका छन् ।

अहिले आइसियुमा १ सय ६७ जना आइसियुमा उपचाररत छन् भने भेन्टिलेटरमा २४ जनाको उपचार भैरहेको छ ।
आज १२ हजार ४ सय ७३ पीसीआर परीक्षण भएको छ ।

पछिल्लो २४ घन्टामा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये, मोरङकी ४३ वर्षीया महिला, मकवानपुरकी ५२ वर्षीया महिला, नवलपरासी ३७ वर्षीया महिला, पर्साका ७५ वर्षीय पुरुष, महोत्तरीका ७८ वर्षीय पुरुष, काठमाडौंका ४१, ५९, ६५ वर्षीय तीन पुरुष र रुपन्देहीका ४० वर्षीय पुरुष रहेका छन् । यससँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या २ सय ८० पुगेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ