२०८१ मंसीर ४, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेश६ जनामा कोरोना देखिएपछि कर्णालीको कानुन मन्त्रालय सिल

६ जनामा कोरोना देखिएपछि कर्णालीको कानुन मन्त्रालय सिल


जुम्ला–कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि मन्त्रालय सिल गरिएको छ । मन्त्रालयद्वारा प्रवाह हुने अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको हो ।

मन्त्रालयमा कार्यरत एक कार्यालय सहयोगी, तीन सशस्त्र प्रहरी, सवारी चालक र एक नेपाल प्रहरी गरी ६ जनामा कोरोना देखिएपछि मन्त्रालयका सेवा बन्द गरिएको हो ।

बाँकी कर्मचारीहरूको स्वाब लिएर रिपोर्ट आएपछि मात्रै मन्त्रालयको काम सुचारू गरिने मन्त्रालयका प्रवक्ता तुल खड्काले जानकारी दिए । मन्त्रालयका अत्यावश्यक कामबाहेक अन्य सेवाहरू बन्द गरिएको खड्काको भनाइ छ ।

मन्त्रालयमै कार्यरत कर्मचारीमा कोरोना देखिएपछि सेवा बन्द गर्दै कानुन मन्त्री नरेश भण्डारीलगायत अन्य कर्मचारी होम आइसोलेसनमा बसेका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ