२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेलाई कोरोना संक्रमण

प्रदेश १ का सामाजिक विकास मन्त्री घिमिरेलाई कोरोना संक्रमण


विराटनगर– प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश प्रयोगशाला विराटनगरमा सोमबार साँझ गरिएको पीसीअार परीक्षणमा मन्त्री घिमिरेलाई काेराेना पुष्टि भएको हो ।

१३ भदौमा धनकुटा अस्पतालको निरीक्षणमा गरेर फर्किएपछि उनलाई झाडापखाला लागेकाे र सोमबारदेखि ज्वरो पनि आएको मन्त्री घिमिरेको सचिवालयले जनाएको छ । शनिबार साँझदेखि उनी निवासमै रहेका छन् । अहिले उनको स्वास्थ अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ