२०८१ मंसीर ९, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुम्बिनी प्रादेशिक अस्पतालका १० जनामा कारोना संक्रमण

लुम्बिनी प्रादेशिक अस्पतालका १० जनामा कारोना संक्रमण


बुटवल– प्रदेश ५ कै पुरानो र ठूलो अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत १० जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ ।
बुधबार थप एकजनामा कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी गरी कोरोना संक्रमित हुनेको संख्या १० पुगेको हो ।

संक्रमित मध्ये ७ जना स्वास्थ्यकर्मी हुन् भने ३ जना प्रशासन क्षेत्रका कर्मचारी हुन् ।

अस्पतालको स्टोर शाखामा कार्यरत अन्य २ जना कर्मचारीमा समेत कोभिड १९ सँग मिल्दो जुल्दो लक्षण देखिएकाले उनीहरुको स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशाला पठाइएको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ