२०८१ पुस २६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मोहत्तरीका कोरोना संक्रमितको विराटनगरमा मृत्यु

मोहत्तरीका कोरोना संक्रमितको विराटनगरमा मृत्यु


विराटनगर– महोत्तरी घर भएका एक जना कारोना संक्रमितको विराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । ६० वर्षिय कोरोना संक्रमित पुरूषको विराटनगरस्थित न्यूरो अस्पतालको आइसोलेसनमाा उपचारको क्रममा मंगलबार राती मृत्यु भएको हो ।

टाउकोका नशा सुकेर प्यारालाइसिसको समस्या भएपछि ३१ साउनमा उनलाई अस्पतालमा भर्ना भएका थिए । उनको उपचारको क्रममा मंगलबार राती ११ बजे मृत्यु भएको अस्पतालका कोभिड–१९ व्यवस्थापन समिति संयोजक रन्जितराज बस्नेतले जानकारी दिए । ‘भेन्टिलेटरमा राखेर उपचाररत भइरहेको थियो,’ बस्नेतले भने, ‘उपचारको क्रममा मृत्यु भयो ।’

कारोनासँग लक्षण मिल्ने देखिएपछि उनको ३ भदौमा स्वाब संकलन गरिएको थियो । ७ भदौमा कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । ‘संक्रमण पुष्टि भएपछि अस्पतालले बनाएको आइसोेलेसनमा राखेर उपचार गर्दै आएको थियोे,’ बस्नेतले भने, ‘संक्रमितको अवस्था गम्भिर बन्दै गएपछि भेन्टिलेटरको सुविधा दिएर उपचार भइरहेको अवस्थमा मृत्यु भयो ।’

संक्रमितको मृत्युपछि उनको शव भने बेलुका नै ‘एयर टाइट’ शिल प्याक गरेर व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय मोरङलाई जानकारी गराएको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ