वीरेन्द्रनगर-नारायण नगरपालिका दैलेखमा सुविधा सम्पन्न योग भवन निर्माण गरिएको छ । निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतको ५० लाख रुपैयाँको लागतमा योग भवनको निर्माण भएको हो ।
उक्त योग भवन नारायण नगरपालिकासँगको सहकार्यमा बिच बजारमा रहेको गणेश मन्दिरको हाता भित्र निर्माण गरिएको छ ।
गत शनिबार योग भवनको उद्घाटन गर्दै कर्णाली प्रदेशसभाका सदस्य अम्मरबहादुर थापाले गाउँले मानिसको स्वस्थ जीवनशैलीका लागि व्यायामको आवश्यकता पर्ने भएकाले योग भवन निर्माण गरिएको बताए ।
योग प्रशिक्षक शंकर थापाले कोरोनाकै बीचमा जसरी पनि योग भवन निर्माण गर्नुपर्ने चुनौती आएको बताए । ‘हामीले उक्त चुनौती सामना गर्दै समयमा नै योग भवनको निर्माण कार्य सम्पन्न ग¥यौं,’ उनले भने ।
भवन निर्माण गर्दै गर्दा जिल्लामा लकडाउन भएकाले निर्माण सामाग्री पु¥याउन समस्या भएपनि भवन जिल्लामै उत्कृष्ट बनेको योग भवन निर्माण समितिका अध्यक्ष कृष्ण श्रेष्ठले बताइन् । उनका अनुसार नारायण नगरपालिकाले ५० लाखमा योग भवन निर्माण गर्नुपर्ने गरी उपभोक्ता समितिलाई जिम्मा दिए पनि योग भवन भने ४० लाखमै सम्पन्न भएको हो । १० लाख भवन रंग रोगन तथा योग गर्नको लागि आवश्यक साउण्ड सिस्टम, ब्याकअप, कारर्पेटसहितको सुविधा सम्पन्न बनाउन सफल भएको उपभोक्ता समितिले बताएको छ ।