२०८१ माघ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको लापरबाहीले जीवनशैली व्यवस्थापन कार्यक्रम अन्योलमा

आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको लापरबाहीले जीवनशैली व्यवस्थापन कार्यक्रम अन्योलमा


काठमाडौं– आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको लापरवाहीका कारण प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालित जीवनशैली व्यवस्थापन कार्यक्रम अन्योलमा परेको छ । धेरै बिरामी आउने र प्रत्यक्ष लाभान्वित हुने प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन भैरहेको जीवनशैली व्यवस्थापन कार्यक्रम बन्द हुने अवस्थामा पुगेको हो ।

यो कार्यक्रम विगत २ बर्षबाट प्रत्येक प्रदेशमा संचालन हुँदै आएको थियो । यसैलाई अनुशरण गर्दै नेपालका अन्य प्राथमिक स्वास्थ्य केन्द्रमा एक आयुर्वेद चिकित्सक र एकजना अभ्यङ्गकर्ता राखेर सुविधा दिदै आएको थियो । तर यसवर्षको बजेटमा प्रदेश ५ जगनाथपुरको प्राथमिक स्वस्थ्य केन्द्र र बाग्मती प्रदेश चितवनको शिवनगर प्राथमिक स्वस्थ्य केन्द्रमा जीवनशैली व्यवस्थापन कार्यक्रम समावेश गरिएको छैन ।

जसले गर्दा जनता तथा आयुर्वेदको सुविधा नपुगेको ठाउँमा यसले नराम्रो असर पारेको प्राथमिक स्वास्थ्य केन्द्र जगनाथपुरका आयुर्वेद चिकित्सक डा. गोपाल न्यौपाने बताउँछन् । ‘विभिन्न निकायमा खबर गरेपनि कतैबाट यसको लागि उचित सम्बोधन हुन सकेको छैन,’ उनले भने ।

के हो जीवनशैली व्यवस्थापन कार्यक्रम ?
प्रदेशको कुनै बढी बिरामी आउने तथा आयुर्वेद सेवा नपुगेको प्राथमिक स्वस्थ्य केन्द्रमा यस कार्यक्रम लागू गरेर सम्पुर्ण प्राथमिक स्वस्थ्य केन्द्रमा फैलाउने महत्वाकांक्षी लक्ष्य लिएर आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागले संचालन गरेको कार्यक्रम हो ।

यस्तो कोभिड– १९ को माहामरीमा आयुर्वेद को महत्व भएको बेलामा सानो बहाना बनाएर यसलाई बन्द गराउदा आयुर्वेद क्षेत्र प्रति नै ठुलो घात भएको सरोकारवालहरु बताउँछन् । यस कार्यक्रमबाट जीवनशैली व्यवस्थापनदेखि रोग प्रतिरोधात्मक क्षमताको अभिवृद्धि हुनुका साथै आयुर्वेदलाई प्रयोग गरी रोगको उपचार र रोकथाममा महत्वपूर्ण भूमिका खेल्दै आएको थियो ।

आयुर्वेद सेवा लिइरहेका बिरामीहरु यो सेवाबाट बन्चित हुनुपरेको जानकारी दिदादिदै यस विषयमा विभागले चासोका नदिएको डा. न्यौपालेले बताए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ