२०८१ मंसीर १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १विराटनगर भन्सारका चार कर्मचारीमा कोरोना पुष्टि

विराटनगर भन्सारका चार कर्मचारीमा कोरोना पुष्टि


विराटनगर – विराटनगर भन्सार कार्यालयमा कार्यरत चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । २० जना कर्मचारीको स्वाब संकलन गरी परीक्षण गरिएको मध्ये चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये दुई जना नाप जाँचका र एक कम्प्युटर शाखामा कार्यरत कर्मचारी छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र हाल आइसोलेसनमा रहेको भन्सार कार्यालयले जनाएको छ ।

‘हाईरिक्स’ मा बसेर काम गरिरहेका कर्मचारीमा कोरोना संक्रमण पाइएपछि विराटनगर भन्सारमा थप उच्च सर्तकता अपनाएको छ । विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरले कोरोना संक्रमण पृष्टि भएपछि भन्सार जाँचपासमा कार्यालयसँगै आफुहरुले पनि सर्तकता अपनाएको बताए । उनका अनुसार आइतबार देखि भन्सारमा भिड नियन्त्रण गरिएको बताए । ‘अहिलो जो पायो त्यही विना काम भन्सारमा आउन पाउदैनन् । काम भएपनि सुरक्षा सावाधानी अपनाएरभित्र प्रवेश गराउने गरिएको छ,’ उनले भने ।

एजेन्ट र उनीहरुका प्रतिनिधिहरुले पनि सकभर घरबाटै अनलाइनबाट काम गर्ने र अतिआवश्यक परे मात्र भन्सारमा कागजात बुझाउन जाने गरेका छन् ।

भन्सारमा विशेष सर्तकता अपनाउन माग

‘हाईरिक्स ’मा बसेर काम गरिहेका कर्मचारीहरुमा कोरोना संक्रमण पृष्टि भएपछि  कार्यरत कर्मचारी, एजेन्ट, सुरक्षाकर्मी र लोडरहरु चिन्तित बनेका छन् । उनीहरूले भन्सारमा विशेष उच्च सुरक्षा सर्तकता अपनाउनुपर्नेमा माग राखेका छन् ।

भन्सारमा काम गर्ने सबैजना ‘ईमिग्रेसनका फ्रन्टलाइनरहरु’ भएकोले सरकारले चाँडै उच्च सर्तकता अपनाउनुपर्ने कार्यरत सबैको माग छ । हाल अपनाइदै आएको सर्तकताले मात्र ‘हाइरिक्स’ रोक्न नसक्ने भन्दै एजेन्ट, सुरक्षाकर्मी र कर्मचारीहरुले आलोपालो मिलाएर ‘कन्ट्याक ट्रेसिङ’को आधारमा पिसिआर परीक्षण गरिनुपर्ने र क्वारेन्टाइनमा राख्ने व्यावस्था गर्नुपर्ने बताइरहेका छन् ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ