२०८१ मंसीर ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठबाग्मती प्रदेशचितवनस्थित श्री पुष्पान्जली हस्पिटलले सुरु गर्यो कोभिड-१९ का बिरामीको उपचार

चितवनस्थित श्री पुष्पान्जली हस्पिटलले सुरु गर्यो कोभिड-१९ का बिरामीको उपचार


भरतपुर-चितवनको चौबिसकोठीस्थित श्री पुष्पान्जली हस्पिटलले सरकारको निर्देशनअनुसार कोभिड-१९ का संक्रमित बिरामीको उपचार सुरु गरेको छ । अस्पतालले रत्ननगर ९ का ६१ वर्षीय कोभिड १९ संक्रमित गम्भीर बिरामीको उपचार सुरु गरेको हो ।

अस्पतालले स्वास्थ्य मन्त्रालयको एचईओसीको निर्देशनअनुसार कोभिड १९ पोजेटिभ देखिएका बिरामीलाई हब अस्पतालसँग समन्वय गरेर अस्पतालमा राखेर उपचार सुरु गरिएको जनाएको छ । अस्पतालले ती कोभिड १९ संक्रमितको सघन कक्षमा राखेर उपचार जारी राखेको उल्लेख गरेको छ ।

ती व्यक्ति २७ साउनमा विहान श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि अस्पतालमा भर्ना भएका थिए । उनको दुवै फोक्सोमा निमोनिया देखिएपछि अस्पतालले स्वाब परीक्षणका लागि पठाएको थियो । ३० साउनमा उनको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अहिले ती बिरामीको सघन उपचार उपचार भैरहेको जनाउँदैं अस्पतालले उनको स्वास्थ्य अवस्था गम्भीर तर स्थिर रहेको जनाएको छ ।


क्याटेगोरी : बाग्मती प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ