२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारखराब अवस्था आएमा ३० असोजसम्म १ लाख ७९ हजार १ सय २३ सक्रिय कोरोना संक्रमित पुग्ने

खराब अवस्था आएमा ३० असोजसम्म १ लाख ७९ हजार १ सय २३ सक्रिय कोरोना संक्रमित पुग्ने


काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड—१९ को खराब अवस्था नेपालमा आए आगामी ३० असोजसम्म १ लाख ७९ हजार १ सय २३ संक्रमित पुग्ने अनुमान गरेको छ । मन्त्रालय र विभिन्न दाताहरुको सहभागिता बनाइएको इपिमोडेलिंग अनुसार ३० असोजसम्म १ लाख ७९ हजार १ सय २३ संक्रमित पुग्ने अनुमान गरेको हो ।

मन्त्रालयले १ असार देखि सो मोडलमा केन्द्रित भएर काम गरिरहेको पाइएको छ । १ असारदेखि ३० असोजसम्म (चार महिना) को मोडलअनुसार काम भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए । ३० असोजमा देशमा खराब अवस्था आउँदा १ लाख ७९ हजार १ सय २३ संक्रमित पुग्नेछन् ।

तर, भदौको तेस्रो साताबाट संक्रमितको दर भने क्रमसः घट्ने अनुमान गरिएको छ । एक्टिभ संक्रमित ६ हजार ४३, लक्षणबिहीन संक्रमित ४ हजार ८ सय ३४, लक्षण भएका अस्पताल भर्ना ९ सय ६, गम्भीर बिरामी ३ सय २ जना हुने बताइएको छ । भदौको तेस्रो साताबाट संक्रमण घट्ने प्रक्षेपण छ ।

गत २३ साउनमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई स्वास्थ्य मन्त्रालयले कोभिड—१९ का विषयमा पछिल्लो अवस्थाबारे जानकारी गराएको थियो । राष्ट्रपतिलाई मन्त्रालयका अधिकारीहरुले खराब अवस्थामा साउनको २५ गतेसम्म ९१ हजार सक्रिय केस हुनसक्ने र मध्यम अवस्थामा भदौ २ गते ३९ हजारसम्म सक्रिय केसहरू हुनसक्ने अनुमान सुनाएका थिए ।

तर, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको प्रभावकारी प्रतिकार्य तथा नेपाली नागरिक र सबै सरोकारवालाहरूको सहयोगका कारण अनुमान गरिए भन्दा सक्रिय केशहरू सिमित राख्न सकिएको अधिकारीहरु बताउँछन् । स्वास्थ्य मन्त्रालयले ४ महिनाको दैनिक संक्रमित र खर्चको विवरण तयार पारेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ