गृहपृष्ठ ∕ प्रदेश २ ∕ थप कोरोना संक्रमणबाट २ जनाको मृत्यु थप कोरोना संक्रमणबाट २ जनाको मृत्यु हेल्थ आवाज बिहीबार, २०७७ साउन २९ गते, १९:५७ मा प्रकाशित जनकपुर – मासु व्यवसायीको कोरोना संक्रमणबाट बारामा मृत्यु भएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा ४ ५५ बर्षीय शेख समी उल्लाह ननकको बिहिबार मृत्यु भएको हो । सुगर र प्रेसरका बिरामी शेख केही दिनदेखि बिरामी परेका थिए । बुधबार एक्कासी मृतक शेख सिकिस्त विरामी भएपछि नारायणी उपक्षेत्रिय अस्पताल वीरगन्जमा उपचारका लागि भर्ना गरेका थिए । उपचारकै क्रममा शेखको मृत्यु भएपछि कोरोना परिक्षण गर्दा संक्रमण पुष्टि भएको वडा नम्बर ४ का वडा सदस्य नसिम मियाले वताए । मृतक शेख सिमरा चोकमा मासु पसल गर्दै आएका थिए । यस्तै, धनुषामा कोरोना संक्रमणबाट थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ । विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेकी महिलाको मृत्यु भएको हो । धनुषाको बर्दिबास स्थित निजी अस्पतालमा भर्ना भएकी धनुषाको मिथिला नगरपालिका वडा नम्बर ७ स्थित ढल्केबर बस्ने ६० वर्षीया महिलाको रोग पत्ता नलागेपछि थप उपचारको लागि धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएका थिए । अस्पतालमा उपचारका लागि भर्ना भएपछि महिलामा संक्रमण पुष्टि भएको थियो । उपचारका क्रममा उनको आज मृत्यु भएको हो । मृतक महिलाको शव धरानबाट मिथिला नगरपालिकाको पहलमा नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले वताए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीरगन्जमा भएको झडपका ४३ जना घाइतेको नारायणीमा उपचार, ४१ जना… रौतहटको गजेन्द्रनारायण स्मृति अस्पतालमा फार्मेसी अध्ययनरत १८ वर्षीया छात्रा मृत… कोशी अस्पतालले माग्यो १५ डाक्टर र ३१ नर्स पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन… विवाह पञ्चमी महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर धेरै पढिएका १ २६ वर्षमै ११० बढी अनुसन्धान गरेका युवा डा. संगम २ नागरिकका स्वास्थ्य विवरण एकीकृत गर्न स्वास्थ्य परिचय नम्बर प्रणाली लागु गर्ने तयारी ३ डा. सुमन श्रेष्ठको सल्लाहः पित्तथैलीको पत्थरीलाई किन बेवास्ता गर्नु हुँदैन् ? ४ दोहोरोपना हटाएर स्वास्थ्य बीमा उपचार प्रोटोकल बनाउने तयारी ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको काँचुली फेर्न तम्सिएका डा. श्रीप्रसाद ७ वीरमा दुई जनामा कोक्लियर इम्प्लान्ट, सरकारले इम्प्लान्टको ६ लाख रुपैयाँ व्यहोर्ने Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउने बीमा बोर्डको निर्णय कोरोना संक्रमितको संख्या ४५ पुग्यो, आज ३ थपिए आखिर कसरी बनिरहेको छ भान्सामा प्रयोग हुने तेल स्तन क्यान्सरको कारण आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा उपकुलपति रिक्त भएका चारवटै प्रतिष्ठानमा निमित्त उपकुलपति तोकिए मेरो स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री बैशाखमा ८ संघीय अस्पतालमा १५ नयाँ सेवा थप तथा विस्तार गर्ने मन्त्रालयको तयारी