२०८१ पुस २७, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम प्रदेश : ८५ प्रतिशत कोरोना संक्रमित निको भए, लक्षण भएका ५६ जना अस्पतालमा

सुदूरपश्चिम प्रदेश : ८५ प्रतिशत कोरोना संक्रमित निको भए, लक्षण भएका ५६ जना अस्पतालमा


काठमाडौं – सुदूरपश्चिम प्रदेशमा कोभिड–१९ संक्रमित मध्ये ८५ प्रतिशत डिस्चार्ज भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । विभिन्न अस्पताल र स्थानीय तहमा बनाइएका आइसोलेसनबाट बुधबारसम्म कोरोना संक्रमण मुक्त भएर घर फर्किनेको संख्या चार हजार ८३ पुगेको हो ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा कोरोना मुक्त भएर थप २८ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढि कैलालीका एक हजार एक सय तीन, अछामका ६ सय ६७, डोटीका पाँच सय ७५, कञ्चनपुरका पाँच सय ६६, बैतडीका तीन सय १८ र डडेल्धुराका दुई सय ९९ जनालाई डिस्चार्ज गरिएको छ । बाजुराबाट चार सय ३५, बझाङबाट एक सय सात र दार्चुलाबाट १३ जना संक्रमितलाई डिस्चार्ज गरिएको छ ।

बुधबार बैतडीका १४, कञ्चनपुरका १२ र डोटीका दुई जनालाई डिस्चार्ज गरिएको उनले बताए ।

त्यस्तै,  सुदूरपश्चिममा संक्रमितको सङख्या चार हजार नौँ सय ५८ पुगेको छ भने १० जना संक्रमितको मृत्यु भएको छ । संक्रमण पुष्टि भएका र लक्षण देखिएका ५६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । टीकापुर अस्पतालमा ३४, जिल्ला अस्पताल अछाममा १०, महाकाली र सेती प्रादेशिक अस्पतालमा चार-चार, जिल्ला अस्पताल डोटी र मालाखेती अस्पतालमा २र२ जनाको उपचार भईरहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । अन्य संक्रमित भने स्थानीय तहको आईसोलेसन र घरमै रहेका छन् ।

त्यस्तै, सुदुरपश्चिम प्रदेश मा संकलित नमुना मध्ये १ हजार ६ सय ६६ को नतिजा आउन बाँकी रहेको निर्देशनालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश मा भारत तथा अन्य तेश्रो मुलुकबाट आएका ८ सय १८ महिला र २ हजार १ सय ८२ क्वारेन्टाईनमा रहेको स्वास्थ्य निर्देशनालयको तथ्यांकमा उल्लेख छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ