काठमाडौं—चितवनको भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेज (पुरानो मेडिकल कलेज)मा भएको भनिएको मिर्गौला किनबेचका प्रकरणमा आरोपीहरु धरौटीमा छुटेका छन् । मंगलबार जिल्ला अदालत पाटनमा भएको थुनछेक बहसपछि उनीलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ ।
ललितपुर प्रहरी परिसरका डिएसपी सन्तोष तामाङले मिर्गौला किनबेच प्रकरणका आरोपीहरु धरौटीमा छुटेको बताए । ‘अदालतले उनीहरुलाई धरौटीमा छाड्ने आदेश दिएको छ,’ उनले भने, ‘मुख्य तीन जना अभियुक्तलाई ४ लाख जनही धरौटीमा छाडिएको छ ।’
यस्तै, अदालतले मिर्गौला बेचेको आरोप लागेका व्यक्तिलाई २० हजार धरौटीमा छाडेको छ । अदालतले प्रत्यारोपणमा संलग्न डाक्टरसहितका अन्यलाई ५०—५० हजार धरौटीमा छाडेको हो ।
उनीहरुलाई सुरुमा मानव बेचबिखन ऐनअन्तर्गत मुद्धा चलाउने तयारी प्रहरी गरेको थियो । तर, अदालतले अस्पताल जोडिएको घटनाभन्दैं उक्त ऐनअन्तर्गत मुद्धा दर्ता गर्न अस्वीकार गरेपछि मानव अंग प्रत्यारोपण ऐन अन्तर्गत प्रहरीले मुद्धा चलाएको थियो( ।