२०८१ पुस ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २कोरोनाबाट धनुषामा थप एकको मृत्यु, निमोनिया र क्षयरोगले ग्रसित थिए मृतक

कोरोनाबाट धनुषामा थप एकको मृत्यु, निमोनिया र क्षयरोगले ग्रसित थिए मृतक


 जनकपुर – निमोनिया र क्षयरोगले ग्रसित विरामीको गए राति धनुषामा मृत्यु भएको छ । मृतकमा कोरोना संक्रमण पुष्टि भई १७ दिनदेखि कोभिड-१९ विशेष अस्पतालमा उपचाररत थिए ।

धनुषाको विदेह नगरपालिका वडा नम्बर ८ बस्ने ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको कोभिड–१९ विशेष अस्पतालका संयोजक डा. जामुनप्रसाद सिंहले वताए ।

प्रादेशिक अस्पतालको कोभिड–१९ विशेष अस्पताल जनकपुरमा करिब १८ दिनदेखि आइसीयुमा उपचाररत रहेका सो पुरुषको सोमवार राती मृत्यु भएको हो । धनुषामा हालसम्म ४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ