२०८१ मंसीर ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २श्वासप्रश्वासमा समस्या देखिए पछि मेयर यादवलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगियो

श्वासप्रश्वासमा समस्या देखिए पछि मेयर यादवलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगियो


जनकपुर – पर्साको पर्सागढी नगरपालिकाका प्रमुख लोकनारायण यादवलाई थप उपचारका लागि काठमाडौं पुर्याइएको छ । मेयर यादवलाई श्री एयरलाइन्सको हेलिकप्टरबाट सोमबार काठमाडौँ लगिएको हो ।

श्वासप्रश्वासको समस्या, रुघाखोकी र ज्वरो आएपछि नगरप्रमुख यादवलाई गएको २३ गते वीरगञ्जस्थित तराई हस्पिटलमा भर्ना गरिएको थियो । यादवलाई गम्भीर किसिमको निमोनियाको लक्षण देखिएको तराई अस्पतालले जनाएको थियो ।  अस्पतालमा उपचारकै क्रममा प्रमुख यादवको थ्रोव स्वाबको पिसिआरमा रिपोर्ट भने नेगेटिभ आएको थियो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ