२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअब मेडिकल काउन्सिलबाट हुनेछन् यी ६ काम

अब मेडिकल काउन्सिलबाट हुनेछन् यी ६ काम


काठमाडौं—राष्ट्रिय चिकित्सा शिक्षा ऐन—२०७५ लागु भएर चिकित्सा शिक्षा आयोग बनेसँगै नेपाल मेडिकल काउन्सिलबाट चिकित्सक सम्बन्धी कामहरुमात्रै हुने भएका छन् । काउन्सिलले सोमबार एक सूचना जारी गर्दै चिकित्सा शिक्षा नियमावली—२०७७ समेत जारी भैसकेको अवस्थामा काउन्सिलबाट हुने कामबारे जानकारी दिएको हो ।

मेडिकल काउन्सिलले अब चिकित्सक दर्ता परीक्षा सञ्चालन, चिकित्सक दर्ता तथा खारेजी, असल चारित्रिक प्रमाणपत्र (गुडस्टाण्डिंग सर्टिफिकेट/भेरिफिकेसको काम गर्ने भएको छ । यस्तै, व्यवसायिक आचारण, सि.पि.डी. (निरन्तर व्यवसायिक उन्नयन) ऐन तथा नियमावलीमा तोकिएका अन्य कामहरु गर्ने काउन्सिलले जनाएको छ ।

यसअघि काउन्सिलले गर्दै आएको चिकित्सा शिक्षा सम्बन्धी काम भने अब आयोगले गर्नेछ । आयोगले मेडिकल/डेन्टल कलेज सञ्चालनको मान्यता, कलेजको निरीक्षण, अनगुमन र सिट संख्या निर्धारण, शुल्क निर्धारणजस्ता कार्य गर्नेछ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ