२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोनाको आशंकामा नेपाल फार्मेसी परिषदको सम्पूर्ण सेवाहरु बन्द

कोरोनाको आशंकामा नेपाल फार्मेसी परिषदको सम्पूर्ण सेवाहरु बन्द


काठमाडौँ – नेपाल फार्मेसी परिषदबाट सम्पूर्ण सेवाहरु बन्द गरिएको छ। औषधी व्यवस्था विभागको क्यान्टिनमा काम गर्ने एक व्यक्तिमा कोरोना पुष्टि भएपछि परिषदको सम्पूर्ण सेवाहरु अर्को सुचना जारी नभएसम्मको लागि बन्द गरिएको हो।

उक्त क्यान्टिनमा परिषदका कर्मचारीहरु पनि खाजा खान जाने गरेको हुँदा परिषदको सम्पूर्ण कार्य आइतबारबाट बन्द गरिएको परिषदका रजिष्टार सन्जीब कुमार पाण्डेले जानकारी दिए।

उनका अनुसार क्यान्टिनमा जाने आउने सबैको कोरोना परीक्षण गरेर  रिपोर्ट अाएपछी कार्यलय खुल्नेछ।

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ