२०८१ माघ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठसमाचारडा.गिरीलाई उपाध्यक्ष बनाउनुको कारण पेश गर्न सर्वोच्चको आदेश

डा.गिरीलाई उपाध्यक्ष बनाउनुको कारण पेश गर्न सर्वोच्चको आदेश


काठमाडौ–सर्वोच्च अदालतले डा. श्रीकृष्ण गिरीलाई राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष नियुक्ति गर्नुपर्ने कारण पेश गर्न आदेश दिएको छ । अधिवक्ता नरेश भट्टले उपाध्यक्ष हुनका लागि डा. गिरीको योग्यता नपुगेको हुँदा नियुक्ति खारेजी हुनुपर्ने माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

उनको रिट माथि सुनुवाई गर्दै न्यायधीस हरिकृष्ण कार्कीको एकल इजलासले उनलाई उपाध्यक्ष नियुक्ति गर्नुको कारण पेश गर्न चिकित्सा शिक्षा आयोग, शिक्षा मन्त्रालय र प्रधानन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई आदेश दिएको छ ।

यसअघि डा. गिरीको योग्यताको विषयमा प्रश्न उठाउँदै हालिएको रिट अदालतका कर्मचारीले दरपिठ गरेका थिए । सो दरपिठ विरुद्ध फैसला गर्दै सर्वोच्चका न्यायधीसद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र सुस्मलता माथेमाको संयुक्त इजलासले सुनुवाइ गर्न आदेश दिएको थियो ।

सो फैसलासँगै डा गिरी माथिको योग्यताको विषयमा अदालतमा मुद्धा परेको थियो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ