काठमाडौं— काठमाडौं उपत्यकामा ९२ सहित थप थप ३८० जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आइतबार काठमाडौँमा मात्रै ९० जनामा संक्रमण देखिएको छ । त्यस्तै, ललितपुरमा २ जनामा कोरोना पुष्टि भएको छ । हाल ६ हजार ५ सय ४६केस सक्रिय छन्। पछिल्लो २४ घण्टामा ४० संक्रमित कोरोना मुक्त भएका छन् । भने हालसम्म संक्रमणमुक्त हुनेको संख्या १६ हजार ३ सय १५ पुगेको छ ।
कहाँ कति थपिए संक्रमित ?
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला— सुनसरीका ३ जना
कोशी प्रादेशिक अस्पताल, प्रयोगशाला—सिराहाका ४ जना र मोरङका २८ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगर — झापाका ४ जना र सुनसरीका ३ जना
गजेन्द्र सिहं राजविराज प्रयोगशाला — सप्तरीका १५ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर —धनुषाका ३५ जना, महोत्तरीका १५ जना, रौतहटका १ जना, सिन्धुलीका १ जना र सर्लाहीका २ जना
नारायणी अस्पताल, विरगन्ज प्रयोगशाला —बाराका ३ जना, सर्लाहीका १ जना र पर्साका ७१ जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु—काठमाडौँका ४४ जना, ललितपुरका १ जना,र नुवाकोटका ३ जना
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल — धनुषाका १ जना, काठमाडौँका १८ जना
भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशाला —चितवनका ७ जना, र नवलपरासीपुर्वका १ जना
पाटन अस्पताल प्रयोगशाला —काठमाडौँका ५ जना, धनुषाका १२ जना
वीर अस्पताल प्रयोगशाला, काठमाडौँ — बाराका १ जना, रामेछापका १ जना, र सिन्धुपाल्चोकका १ जना
स्टार अस्पताल, प्रयोगशाला —काठमाडौँका १३ जना, ललितपुरका १ जना र सर्लाहीका १ जना
ह्याम्प्स अस्पताल — काठमाडौँका ८ जना
नेपाल कोरिया मैत्री अस्पताल, भक्तपुर — काठमाडौँका १ जना, धादिङका १ जना, नवलपरासीपूर्वका १ जना र पर्साका १ जना
श्री बिरेन्द्र अस्पताल — काठमाडौँका १ जना
प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला, पोखरा — पर्बतका १ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही — पाल्पाका १ जना, नवलपरासीपूर्वका १ जना, कपिलबस्तुका ६ जना र रुपन्देहीका ५ जना
भेरी अस्पताल, नेपालगन्ज — बाँकेका २१ जना र वर्दियाका २ जना
लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल — कपिलबस्तुका ११ जना, नवलपरासी (ब.स.पु.)का १ जना र रुपन्देहीका ५ जना
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ — दाङका ४ जना
सुर्खेत प्रादेशिक अस्पताल — दैलेखका १ जना र सुर्खेतका २ जना
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला — जुम्लाका ४ जना र कालिकोटका २ जना
डढेलधुरा अस्पताल प्रयोगशाला — बैतेडीका २ जना, डढेलधुराका ३ जना र डोटीका ८ जना