२०८१ मंसीर ९, आईतबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश २सिरहाका २३ वर्षीय युवक संक्रमितको धरानमा उपचारको क्रममा मृत्यु

सिरहाका २३ वर्षीय युवक संक्रमितको धरानमा उपचारको क्रममा मृत्यु


जनकपुर – वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड विशेष अस्पताल धरानमा उपचारत एक जना युवाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सिरहाको गोलवजार नगरपालिका वडा न.१२ का २३ वर्षीय अशोक महतोको मृत्यु भएको हो ।

मृतक महतोको शव सिरहाको गोलवजार ल्याउने तयारी भैरहेको गोलवजारका मेयर देवनाथ साहले बताए । मेयर साहका अनुसार मृतकको शव व्यवस्थापन नेपाली सेनाले गर्ने जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवका अनुसार मृतक युवकको दुवै किड्नीमा समस्या थियो । उनी नियमित डाइलोसिस गराउँदै आएका थिए ।

‘डाइलोसिस गराउने क्रममा जनकपुरमा उनको स्वाब संकलन गरेको थियो । पिसिआर रिर्पोट पोजेटिभ देखिएपछि उनलाई धरानमा उपचारका लागि पठाइएको थियो,’ उनले भने । सिरहामा कोरोना संक्रमणबाट मृत्यु हुने यो पहिलो केस हो ।


क्याटेगोरी : प्रदेश २



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ