काठमाडौं— काठमाडौं उपत्यकामा ६२ सहित थप ३ सय ८१ जनामा कोरोना भाइरस (कोभिड—१९) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस सँगै संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।
काठमाडौंमा मात्रै ५७ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै, ललितपुरमा ५ जनामा संक्रमण पुष्टि भएको छ। बुधबार उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमण पाइएको हो।
कहाँ कति नयाँ संक्रमित थपिए ?
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशाला—सुनसरीका १ जना
कोशी प्रादेशिक अस्पताल, प्रयोगशाला—इलामका १ जना, सप्तरीका ३ जना उदयपुरका १ जना र मोरङका ७ जना
प्रादेशिक प्रयोगशाला विराटनगर—मोरङका ७ जना र इलामका १ जना
गजेन्द्र नारायण सिंह अस्पताल राजविराज प्रयोगशाला —सर्लाही ३ र सप्तरीका ५ जना
प्रादेशिक प्रयोगशाला जनकपुर —धनुषाका ९ जना, महोतरीका १४ जना र सिरहाका १ जना
नारायणी अस्पताल, विरगन्ज प्रयोगशाला — बाराका १९ जना, पर्सा १ सय ४७ र सर्लाहीका १ जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु— काठमाडौँका २७, गोरखाका ३ जना र कपिलबस्तुका ९ जना
शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल – ललितपुरका १ जना, काठमाडौँको १४ जना र पर्साका १ जना
कृषिजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र प्रयोगशाला, हेटौंडा — बाराका ८ जना, रौतहटका १ जना र मकवानपुरका ४ जना
पाटन अस्पताल प्रयोगशाला – काठमाडौँमा २ जना, ललितपुर २ जना, धादिङ्गका १ जना, धनुषाका १ जना महोतरीका २ जना र सिन्धुपाल्चोकका १ जना
त्रिवि शिक्षण अस्पताल, प्रयोगशाला काठमाडौं —काठमाडौँ १ जना, बाराका १ जना र पर्साका १ जना
नेपाल प्रहरी अस्पताल प्रयोगशाला— काठमाडौँका ११ जना
स्टार अस्पताल, प्रयोगशाला —काठमाडौँका १ जना र ललितपुरका २ जना, रौतहटका १ जना, महोतरीका १ जना र सर्लाहीका १ जना
बिआइडीएच ल्याब, काठमाडौँ— काठमाडौँका १ जना
काठमाडौँ मेडिकल कलेज, काठमाडौँ— धनुषाका १ जना र सिराहाका १ जना
नेपाल कोरिया मैत्री अस्पताल, प्रयोगशाला — धादिङ्गका १ जना, पर्साका १ जना, सुनसरीका १ जना र स्याङ्जाका ९ जना र धनुषाका १ जना
प्रादेशिक क्षयरोग केन्द्र प्रयोगशाला, पोखरा — कास्कीका १, स्याङ्जाका ८ जना बाग्लुंगका २ जना
भेरी अस्पताल नेपालगन्ज, प्रयोगशाला —बाँकेका १३ , दाङका १ जना
सुर्खेत प्रादेशिक अस्पताल — सुर्खेतका १० जना
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला —कालिकोटका १ जना
डडेलधुरा अस्पताल प्रयोगशाला, डडेलधुरा — बजांगका ११ जना