२०८१ माघ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोरोना भाइरसकाे उपत्यका अवस्था के छ, आईसियुमा कहाँ कति ?

कोरोना भाइरसकाे उपत्यका अवस्था के छ, आईसियुमा कहाँ कति ?


काठमाडौं— विगत २४ घण्टामा मुलुकभर ७ हजार ६ सय ८७ जनाको नमुना परीक्षण गर्दा २ सय ५९ जना नयाँ संक्रमित थपिएका छन् । सोमबार ७ हजार ६ सय ३७ जनाको नमुना परीक्षण गर्दा ४ सय १८ जना नयाँ संक्रमित थपिएका थिए ।

आइतबार ८ हजार ८ सय ६८ जनाको नमुना परीक्षण गर्दा २ सय ४६ जना संक्रमित थपिएका थिए । पछिल्लो समय ३ साउनमा सबै भन्दा कम ५७ जना संक्रमित देखिएका थिए । त्यसयता क्रमिक रुपमा संक्रमण बढ्दै गएको विभिन्न तथ्यांकले देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या ५८ पुगेको छ । संक्रमित २१ हजार ९ मध्ये १५ हजार निको भएर घर फर्किसकेका छन् । ५ हजार ९ सय २५ जना संक्रमित विभिन्न ठाउँमा आइसोलेसनमा छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १० हजार ४ सय जना कोभिड—१९ शंकास्पद व्यक्ति क्वारेन्टाइनमा रहेको बताए ।

के छ उपत्यकाको अवस्था

लकडाउन खुलेसँगै काठमाडौ उपत्यकामा कोभिड–१९ को जोखिम बढ्दै गएको छ । चिकित्सकहरुका अनुसार सार्वजनिक यातायात संचालन र नाकाहरुबाट निर्वाध रुपमा मानिसहरुको प्रवेशले उपत्यका कोरोनाको उच्च जोखिममा परेको छ ।

मंगलबार उपत्यकामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै, सोमबार ५१ जना, आइतबार ३१ जना, शनिबार ६ जना र शुक्रबार ३७ जनामा कोरोना पुष्टि भएको थियो । पछिल्लो तथ्यांक अनुसार उपत्यकामा दैनिक संक्रमण बढ्दै गएको छ । विज्ञ चिकित्सकले उपत्यकामा लकडाउनको आवश्यकता भएको बताएका छन् ।

आईसीयुमा कहाँ कति छन् ?

प्रदेश १ मा ५ जना कोरोना संक्रमितहरु आईसीयुमा रहेर उपचाररत छन् । प्रदेश नं. २ मा १२ जनालाई आईसीयुमा राखेर उपचार गरिदैछ ।

सबैभन्दा बढी २३ जना बागमती प्रदेशका विभिन्न अस्पतालहरुमा आईसीयुमा उपचार गराइरहेका छन् ।

गण्डकी प्रदेशमा १ जना पनि कोरोना संक्रमित आईसीयुमा छैन । प्रदेश ५ मा २ जना कोरोना संक्रमित आईसीयुमा रहेका छन् । यस्तै, कर्णालीमा प्रदेशमा आईसीयुमा कोही पनि छैन भने सुदूरपश्चिम प्रदेशमा १ जना कोरोना संक्रमित आईसीयुमा छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ